Skip to main content

प्रेरणा की पात्र बन्न सक्छिन् लोक गायिका धना परियार

     

👉 संगीत क्षेत्रका कुरा 



✍  सिर्जना गुरागाँई

रुखको हागाँमा बसेको चरालाई हाँगो भाचिएला भन्ने कुनै डर हुदैन,
कारण चराले रुखको हाँगोलाई होइन आफ्नो पखेटालाई विश्वास गर्छ
सधै आफुमा आफ्नो क्षमतामा विश्वास गर्नुहोस् संसार तपाईलेनै जित्ने हो ।


 मानिसलाई किस्मतले कहाँ–कहाँ पु¥याउँछ कुनै टुङगो हुदैन । रहर थिएन होला कुनै आमाको जसले ९ महिना सम्म आफ्नो गर्वमा राखेर दश धारा दुध पिलाएर धेरै पिडाहरु बीच हुर्काउदै गरेको आफ्नो कलिलो ३ वर्षको बच्चालाई बलिरहेको आगोमा देख्दा आमाको मनमा कस्तो कुरा खड्कीयो होला सायद कुनै आमाले बाहेक अरुले यो  पीडाको बुझ्नलाई गाह्रै पर्छ ।

हो, धना परियार जो आफु ३ वर्षको कलिलो उमेरमा आगोमा होमिन पुगिन् । कारण नेपाली समाजमा अहिलेसम्म पनि जरा गाडेर बसेको पुरानो पुरातनवादी सोच छाउपडी प्रथाका कारण गोठमा रहेकी आफ्नी आमासँग सुतीरहेकी सानी बच्ची धना आगोमा परिन् र सानै उमेरमा आफ्नो शरिरका विभिन्न अङ्गहरु गुमाउनु प¥यो ।

आफ्ना शरिरका विभिन्न अङ्गहरु गुमाउनु परेपनि उनीसँग रहेको एउटा अद््भुत प्रतिभालाई भने कसैले चुड्न सकेन, जसबाट उन्ले आफ्ना दुःखहरुमा केही भएपनि मलम लगाउन पाईन् । त्यो हो उनको स्वर र त्यहि स्वरलाई उनले जीवन जिउने आधार बनाएकी छिन् र अहिले यसैबाट उनको जीवनमा अलिकति भएपनि खुशी छाउन थालेको उनको अनुभव छ ।

वि सं २०५४ साल साउन १८ गते दैलेख जिल्ला आठबिस नगरपालिका वडा नं ६ रोल भन्ने ठाउँको एक सामान्य परिवारमा जन्मिएकी हुन् गायिका धना परियार । उनी पनि अरु मानिसहरु जस्तै सामान्य व्यक्ति बनेर आफ्नो जीवन हाँसी, खुसीका साथ विताउन चाहन्थीन् तर के गर्नु दैवको लिला भनौया भाग्यको खेल जीवनमा जन्मीएर आजसम्मको दिनमा आईपुग्दा कुनै दिन, कुनै क्षण पनि आफु खुसी भएको अनुभव छैन उनलाई । भन्छिन् खुसी केहो पत्तै पाईन । गाउँ समाजमा गर्ने हेला, आफन्तको हेला र परिवारले आफुमाथी गरेको भेदभावलाई सम्झिदाँ भावविह्वल हुन्छिन् उनी ।

आफुसँगै, पढ्नलाई स्क्ुल गएका साथीहरुमा उनीहरु सुकीला मुकिला चट्ट परेर बेन्चमा बसेर पढ्थे तर धनाको कक्षाकोठाभित्र पढ्न बस्ने ठाउँ अलग्गै भुईमा ढुङ्गा ओछ्याएर बस्नुपथ्र्याे र यसरीनै पढ्दै उनले प्लस टु सम्म आफ्नो अध्ययनलाई पु¥याएकी छिन् र अझै धेरै पढ्ने उनको इच्छा रहेको बताइन् ।

आफुलाई समाजमा परिवारमा जतिसुकै हेला गरेपनि हार भने कहिल्यै मानिन् उनले । आफन्तहरुकोत कुरै छाडौ आफुलाई जन्म दिने आमा बाहेक आफ्नो सहयोग गर्ने मान्छेको नाम लिदाँ उनको अंकल लोकेश आचार्य पर्छन  तर अरुको नाम भने सम्झनामा खासै आउदैन उनलाई । आफुमा बलियो आत्मविश्वास छ , सङ्घर्ष गर्छु र जुन छाउपडि प्रथाले गर्दा आज यस्तो हालतमा आउनु प¥यो यो पुरानो सोचलाई बदल्न अनि एउटा सफल गायिका बन्ने लक्ष्य रहेको उनी बताउछिन् ।

जसरी हावा भरिएको भकुन्डोलाइ दबाउन प्रेशर दिदा दबाउनेको इच्छा विपरित आफ्नो गन्तव्य लाइ चुम्न पुग्छ हो, त्यसरीनै धनाले अन्धविस्वासी समाजले अस्तित्व नामेटकालागी गरेको हर्कत बिरुद्ध आफ्नो सङघर्षलाई कायम राखेर आज थोरै भए पनि सफलताको सुरुवात गरेकी छिन् । यस्तै विभिन्न पिडै पिडाहरु विचमा आफ्नो पहिचान खोजिको लागि निरन्तर सङ्घर्षरत धनाको जीवनभोगाईबाट जो कोहीले पनि पाठ सिक्न जरुरी छ ।











Comments

Popular posts from this blog

यो केटोत कलाकार हुन्छ की के हो

गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ्यो रे यो केटोत कलाकार हुन्छ की के हो !! आमा विष्णुमाया र बुवा विष्णुहरी कार्कीको कान्छो सुपुत्रको रुपमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुञ्ज नगरपालीका चुचुले वडा नम्बर ४ मा वि.सं २०२२ साल माघ ६ गते  जन्म भएको हो चर्चित गायक आनन्द कार्कीको । जमिनदार हजुरबुबाभएका कारण आफ्नो घर परिवार त्यस समयको सम्पन्न परिवारमानै परिचित थियो । तर हजुरबुवाले पहिलो श्रीमती बितेपछि गरेको अर्को अन्तरजातीय विवाहबाट जन्मिनुभएको रे आनन्द कार्कीका बुवा । बुवा विष्णुबहादुर कार्कीका पनि पहिलो र दोस्रो श्रीमती बितेपछि तेस्रो श्रीमतीको रुपमा रहेकी कार्कीकी आमा विष्णुमाया का सात जना सन्तानहरुमध्येमा ३ दाजुभाई र ४ दिदीबहिनी मध्येमा एक जना बितेपछि जम्मा ८ जनाको परिवार थियो आनन्द कार्कीको घरमा । गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ...

"नेपाली हामी रहौला कहाँ नेपालै" नरहे राष्ट्रकवि माधवप्रसाद घिमीरे -हार्दिक श्रद्धाञ्जली!!

  👉 साहित्य नेपाली साहित्यका क्षेत्रमा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार माधवप्रसाद घिमीरेको शब्दहरु: तराई हाम्रो सुनको टुक्रा, हिमाल हिराको माटो र पानी पहेलो घाँम धर्तीका छोराको ए कहाँबाट संसार हेर्छौ संम्झनै नरहे । नेपाली हामी रहौला कहाँ नेपालै नरहे वि.सं. १९७६ साल असोज ७ गते लमजुङ् जिल्लाको पुस्तुन गाँउमा जन्मिएका हुन् नेपाली साहित्यकार माधवप्रसाद घिमीरे ।   आफू जन्मिएर तीन वर्षको हुदाँ उनले आफ्नी आमालाई गुमाउनुपरेपनि उनी सानै उमेरबाटनै लेखन क्षेत्रमा रुची रहेकाले निरन्तर रुपमा बच्चा बेलादेखिनै उनी नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्ध जस्ता अनेकौं विधा –उपविधाहरुमा निरन्तर कलम चलाउने गर्थे । कलिलै उमेरमा आमाको मायाबाट टुहुरो बन्नु परेकाले उनले आफ्नो आमाको स्नेहको रुपमानै साहित्यलाई रोज्न पुगे । आफू ६ वर्षको उमेर हुदाँ अक्षर चिनेका उनले ८ देखी ९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे भने ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत ...

‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’

लेखक, इतिहास तथा संस्कृतिविद्  सताब्दीपुरुष सत्यमोहन जोशीको  ‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’