Skip to main content

करिब ३ सय रुपैयाँ बोकेर काठमाडौंमा आएका गायक तथा संगीतकार शिशिर योगी


दु:ख गर्न कहिल्यै नछोड्नु, किनकी आफूले गरेको प्रत्येक दुखमा एउटा सानो या ठुलो सुख लुकेको हुन्छ । सामान्य र सरल जीवनलाई देखेर जो कोहिले उहाँभित्रको गहनता र बिशिष्टतालाई पहिल्याउन गाह्रै पर्छ ।




आमा मायादेवी र बुवा यामनाथ योगीका माईला छोराको रुपमा राप्ती अञ्चलको दाङस्थित लमही नगरपालिकाको बलरामपुर गाउँमा वि.सं २०२७ साल फाल्गुन २६ गते जन्मिएका हुन् चर्चित गायक तथा संगीतकार शिशिर योगी । परिवारमा दुई भाई मा आफू माईलो सन्तान र तिन बहिनी गरि सात जनाको परिवार थियो शिशिर योगीको । हुनत उनको जन्म भन्दा पहिला दुई सन्तानहरुलाई आफ्ना आमा बुबाले गुमाउनु प¥यो अरे उनले कुराकानीको क्रममा बताउने गर्छन् । गायक तथा संगीतकार शिशिर योगी, संगीतका योगी या भनौ उनले जन्मेको केही वर्षपछि नै जानी नजानी संगीतको योग शुरू गरे र यो योग गर्दागर्दै उनी अहिले संगीतकै योगी बनेका छन् । संगीत उनका लागि योग साबित भएको छ । सम्पन्न परिवारमा जन्मिएका शिशिर चौधरी समाजका साथीसँगीसँग हुर्कंदै जाँदा संगीतको योग शुरू गरे । स्थानिय चौधरी समुदायले माघी पर्व मनाउँदा शिशिर उनीहरूसँग भिज्दै गए । बाल्यकालदेखि नै संगीतको लत लागेका उनलालाई उनकी आमा पिठ्यँुमा राखेर बोक्दै चाडपर्वमा गीत गुनगुनाउँने गर्थिन् रे । त्यतिबेला शिशिरले पनि आमा सँगँसैगै साथ दिएको सम्झना अझै ताजै बनेर आउँछ उँनलाई ।

जन्मत सम्पन्न परिवारमानै भएको थियो शिशिरको तर आफ्ना बुवा समाजमा अज्ञान इमान्दार र सोझो व्यक्तित्व भएकाले गाउँका शिक्षित टाठाबाठाहरुले नभएको आरोपमा सबै सम्पति खोसिदिएपछि मध्यम वर्गीय परिवारमा झर्नुपरेको र समाजमा इमान्दारीताको परिणाम आफ्नो वुवाले भोग्नुपरेको दुखेसो उनी  बताउछन । 

२ किलोमिटर हिडेर वनगाउँ माध्यमिक विद्यालयमा आफ्नो स्कुले जीवन विताएका शिशिरले सानै उमेरदेखिनै  संगीत भनेपछि मरिहत्ते गर्ने गर्थै विस्तारै उनमा संगीतप्रतिको इच्छाशक्ति बढ्दै जाँदा उटपट्याङ खालका लोकगीत गाउन थालिसकेका थिए । यतिसम्मकी उनी आफ्नो बाल्यकालमा एकदमै लजालु स्वभावका भएकाले उनी व्यक्तिसँग कुराकानी गर्ने क्रममा गीतलाईनै साहारा बनाउने गर्थै या भनौं गीतकै माध्यमबाट आफ्नो मनको कुराहरु अन्य व्यक्ति समक्ष राख्ने गर्थै उनका गीत सुनेर गाउँका बुढापाकादेखि केटाकेटी र शिक्षकसमेत हाँस्थे र रमाउँथे । उनले आलु काटे तरकारी त केरा काटे बुंगा, लोखर्केको पुच्छरजस्तो तिम्रो बाउको जुंगाजस्ता पुरानो भाकामा उटपट्याङ शब्द मिसाएर गीत गाउँदा सबैजना मरी मरी हाँस्थे र उनलाई अझै गाउन उराल्थे 

बाल्यकाल त शिशिरको हाँसखेल र रमाइलोमै बितेको थियो तर जब उनी १० कक्षा सम्मको स्कुले जीवनपछि उच्च शिक्षा अध्ययन गर्ने साथै आफूभित्र रहेको संगीतको विरुवालाई हुर्कीन र मौलाउन दिनका लागि भन्दै उनले वि.सं २०४८ सालमा काठमाडौंको औपचारीक बसाई सुरु गरे त्यहि समयबाटनै उनका संघर्षका दिनहरु सुरु हुन थाले । हुनत उनी सानै उमेरबाटनै गाउन भनेपछि मरिहत्ते गर्ने स्कुले जीवनमा हुदाँ आफ्नो जीवनको पहिलो प्रतियोगिताको रुपमा दाङजिल्लाको रेयुकाई संस्थाले आयोजना गरेको त्यहि संस्था सम्बन्धी गीत प्रतियोगितामा प्रथम भएका थिए उनी त्यसपछि त झनै उनी आफ्नो जीवनमा अब संगीतबाहेक केहि देख्न नसक्ने भए ।  उनीसँग उनको स्कुले जीवनमा आफूसँग बरु झोलामा किताब हुन्न थियो होला तर गिटार उनीबाट टाढा कहिल्यै पनि भएन । उनले आफ्नो काठमाडौंको बसाई सुरु गरेसँगै वि.सं २०४९ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरे र  दिलको प्यास म कहाँ गई मेटौं बोलको पहिलो गीत रेकर्ड गराएका उनी पहिलोपल्ट रेडियोमा बजेको यो गीत सुनेर जिन्दगीमा धेरै खुसी भएको क्षणभनेर त्यतिबेलाको समयलाई सम्झन्छन् उनी

गाँउमा जन्मी गाउँमै हुर्की गाउँमै आफ्नो बाल्यकाल व्यतित गरेका शिशिरलाई राजधानी काठमाडौंको विद्यार्थी जीवनको एक्लो बसाई सहज पक्कै पनि थिएन । यसै क्रममा उनको भाग्य भनौ यात कुनै सन्जोगनै उनी दाङमा रहदाँ आफ्नै योगिक कलाकेन्द्र नामको पेन्टीङ् पसल सञ्चालन गरेर बसेका थिए । त्यतिबेला उनलाई लाग्थ्यो घरको माईलो छोरो आफू जिन्दगीमा केहि गर्न नसकेपनि यहि पेन्टीङ् गरेर भएपनि बाच्नसक्छु भन्ने उनमा आशा थियो । त्यतिनैबेला उनले राम्रोसँग चिनजानमा रहेको व्यक्ति खुमबहादुर खड्का यातायातमन्त्री रहेको बेला अनि उनी काठमाडौंमा आएको त्यो समयमा उनको भेट भयो । र उनले सहयोगको लागि खड्कासँग अनुरोध गरेपछि उनले यातायात विभागमानै सुपरभाइजरको काममा लगाइदिए । भर्खर काठमाडौं भित्रिएको गाँउले केटो यातायातमा सुपरभाइजर त छ तर केके गर्नुपर्छ केहि थाहा थिएन उनी कुराकानीको क्रममा भन्ने गर्छन् सुपरभाईजरको काम जागिरमा जान्थे तर दिनभरि गीत गाएर बस्थे किनकी मेरो शरिरको प्रत्येक अंङ्गमा संगीत दौडिरहेको हुन्थ्यो ।

करिब ३ सय रुपैयाँ बोकेर काठमाडौंमा आएका शिशिर पैसा जोगाउने ध्येयले बाटोमा नास्ता र खाना पनि नखाई साझा बस चढेर काठमाडौंमा ओर्लिएका थिए र जब यातायातमा जागिरे भए उनको जीवनयापन अलि सहज बन्यो । तर आफ्नो सपना संगीतमा थियो उनलाई त्यो जागिरले सन्तुष्ट थिएन र उनले फेरी खुमबहादुर खड्कासमक्षनै साधना गर्नका लागि हार्मोनियमको आवश्यकता भएको जानकारी गराएपछि उनले १२ हजार रुपैंया हार्मोनियम किन्नु भनेर दिएका थिए । त्यसपछि उनी रातको ३ बजे उठेर संगीत साधनामा तल्लीन रहन थाले ।

९/१० महिनासम्म सडक विभागमा सुपरभाइजरको जागिर खाएँ उनले पछि साथी भेषराजले अर्को ठाउँमा दुई जनालाई पुग्ने कोठा लिऔं भनेपछि र उनी शंखमूलमा कोठा लिएर बस्न थाले । त्यसै क्रममा उनले संगीत सिक्छु भनेर आफूलाई मन पर्ने व्यक्ति अक्बर गुरुङ्लाई खोजी गरेर उहाँ समक्ष संगीतको सिकाई पनि सुरु गरे । ११ वर्षसम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा निरन्तर संगीतको साधनापछि उनी रातोबङ्गला स्कुलमा संगीत सिकाउन थाले र कनकमणि दिक्षीतको २५ हजार रकमको सहयोगमा पहिचान नामक ९ वटा गीत समावेश रहेको पहिलो एल्बम नेपाली संगीत क्षेत्रमा पस्किए । आफूमा संगीतको भुत चढेको र यसै क्षेत्रमा मात्र लागि परेका शिशिरले एकेडेमीक क्वालिफिकेसनका लागि वानेश्वरमा रहेको रत्नराज्य क्याम्पसमा आईए पढ्नका लागि कमर्स विषयमा ज्वईन त गरेका थिए तर प्रथम वर्षमानै ५ वटै विषयमा आफू असफल बन्न पुगेकाले पढाइलाई त्यहि स्थगित गरेमा पूर्ण रुपमा संगीत क्षेत्रमा मात्र तल्लिन भएर रहन थाले । उनी भन्छन् गीत गाउँन मात्र मन गर्ने म पढाईमात पाँचवटा विषयको परिक्षा दिएको पाँच वटै लाग्यो त्यसपछि पढ्नै छाडे । 

शिशिरले यो सबै दुःख संगीतका लागि गरिरहेका थिए । वाद्यवादनका सामग्री जोरजाम गर्न उनी दुःख र संघर्षलाई पनि सुखपूर्वक स्वीकारीरहेका थिए । बाल्यकालमा पनि उनले आफ्नो गाँउको दाई रोहित श्रेष्ठले ५ रुपैंयाको चिठ्ठामा पारेको हार्मोनियम शिशिरलाई दिएकाले त्यहि हार्मोनियममा रियाज गर्ने गर्थे । वि.सं २०५० सालमा दाङ्को पञ्चकुले गाविस कि खिमी खड्कासँग विवाह बन्धनमा बाधिएका थिए चर्चित गायक तथा संगीतकार शिशिर योगी । संगीतमा केहि गर्छु भनेर लागि परेका उनी गीत गाउने सिलसिलामानै खिमीसँग पहिलो भेट भएको थियो र पहिलोभेटमानै मन परेकी उनी आफ्नो जीवनसाथी बन्न पुगीन् । पछि उनले उनको प्रेरणा र हौसल्लाको स्रोत मानेर श्रीमतिलाई खिमी होइन सिर्जना नाम राखिदिए । उनी कुराकानीको क्रममा भन्ने गर्छन् दुईजनासँग प्रेम गरेको थिए तर धोका पाँए, त्यहि धोकाले आजको शिशिर योगी बन्नमा ठुलो सहयोग ग¥यो र जसलाई जीवनसाथी पाए ऊनी जस्तो कोहिपनि थिएन ।

करिब ५ सयभन्दा बढी राष्ट्रिय, प्रेम, जीवन, सामाजिक र चेतनामूलक गीत गाईसकेका छन् शिशिर योगीले । जसमा ८० प्रतिशत गीत राष्ट्रिय गीत छन् भने त्यसपछि जीवनका गीत धेरै छन् । हार्मोनियम, बाँसुरी, भ्वायलीनजस्ता वाद्यसामग्री बजाउनसमेत पोख्त शिशिरका सारंगी त रेटे पनि, यो देशमा म एउटा मानिस खोजिरहेछु, आमाले घाँस काट्दै गर्दा, भोकभोकै काम गर्ने कान्छा दाइलाई, हाँस्नलाई ओठ खोलें आँखाभरि आँशु भयो, तिमीले पराइ ठानेपछि पराइ हुन के भयो र?, खै कहाँ बग्यो मेलम्ची, माया मारी डाँडापारि, सियोको टुप्पोले, कर्णाली पारि, डोल्पाले चामल पा छैन, पसिना बगाऊँ अब, माया गर्नुको अर्थ, दिन बित्यो बाटो हेर्दै, फुकेर अर्काको दियो, आमाजस्ता गीतहरू लोकप्रिय र श्रवणीय छन् । संगीत सिर्जनामा समेत तल्लीन यिनै शिशिरले धेरै गीतहरुमा आफ्नो संगीत भरेका छन् ।

शिशिरले जे जति दुःख र संघर्ष गरे, सबै गीत संगीतकै लागि थियो । तर यति धेरै संघर्षको पहाड पार गर्दा पनि उनी न त आर्थिकरूपले सबल हुन सकेका छन्, न त नयाँ पुस्ताका गायकगायिकाभन्दा अब्बल हुँदाहुँदै पनि चर्चा र देश विदेशका कार्यक्रममा आफूलाई सक्रिय गराउन सकेका छन् । आफ्नु बुबाबाट सिकेको नरम र सोझोपनकै कारण उनी आफूसँग भएको प्रतिभाको तुलनामा छायाँमा त परेकै छन्, अहिलेसम्म पनि छोरी श्रुती र छोरो संयोग योगीसहित चार जनाको परिवारका साथमा डेरामै जीवन गुजार्न बाध्य भएका छन् ।  



Comments

Popular posts from this blog

‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’

लेखक, इतिहास तथा संस्कृतिविद्  सताब्दीपुरुष सत्यमोहन जोशीको  ‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’ 

"नेपाली हामी रहौला कहाँ नेपालै" नरहे राष्ट्रकवि माधवप्रसाद घिमीरे -हार्दिक श्रद्धाञ्जली!!

  👉 साहित्य नेपाली साहित्यका क्षेत्रमा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार माधवप्रसाद घिमीरेको शब्दहरु: तराई हाम्रो सुनको टुक्रा, हिमाल हिराको माटो र पानी पहेलो घाँम धर्तीका छोराको ए कहाँबाट संसार हेर्छौ संम्झनै नरहे । नेपाली हामी रहौला कहाँ नेपालै नरहे वि.सं. १९७६ साल असोज ७ गते लमजुङ् जिल्लाको पुस्तुन गाँउमा जन्मिएका हुन् नेपाली साहित्यकार माधवप्रसाद घिमीरे ।   आफू जन्मिएर तीन वर्षको हुदाँ उनले आफ्नी आमालाई गुमाउनुपरेपनि उनी सानै उमेरबाटनै लेखन क्षेत्रमा रुची रहेकाले निरन्तर रुपमा बच्चा बेलादेखिनै उनी नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्ध जस्ता अनेकौं विधा –उपविधाहरुमा निरन्तर कलम चलाउने गर्थे । कलिलै उमेरमा आमाको मायाबाट टुहुरो बन्नु परेकाले उनले आफ्नो आमाको स्नेहको रुपमानै साहित्यलाई रोज्न पुगे । आफू ६ वर्षको उमेर हुदाँ अक्षर चिनेका उनले ८ देखी ९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे भने ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै