Skip to main content

‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’

लेखक, इतिहास तथा संस्कृतिविद्  सताब्दीपुरुष सत्यमोहन जोशीको  ‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’ 

✍ सिर्जना गुरागाँई


उमेरले सय वर्षकाटे पनि हेर्दा र उहाँसँग कुराकानी गर्दा हामीलाई लाग्दैनकी उहाँ सय वर्षको बृद्ध मान्छे हो भन्ने ।  जस्ले वि.सं. २०१३, २०१७ र वि.सं. २०२८ सालमा गरी ३ पटकसम्म मदन पुरस्कार प्राप्त गर्ने एकमात्र व्यक्ति लेखक, इतिहास तथा संस्कृतविद् सताब्दीपुरुष डा. सत्यमोहन जोशी ।

बाबु शंकरदास (शंकरराज) जोशी र आमा राजकुमारी (नोगलदेवी)का जेठा सुपुत्रका रूपमा वि.सं. १९७७ साल वैशाख ३० गते बखुम्बहाल, ललितपुरमा जन्मेका हुन् लेखक, इतिहास तथा संस्कृतिविद् डा. सत्यमोहन जोशी । एक निन्नवर्गीय परिवारमा जन्मिएका सत्यमोहन जोशी बच्चा बेलामा सारै भद्र भलाद्मी व्यक्तित्व थिए । अचम्म त यो छ की उनी जन्मिएर ५ वर्षको हुँदासम्म उनको बोली फुटेको थिएन रे यस्ले उनका आमा वुवालाई धेरै चिन्ता परेको थियो कि आफ्नो एउटा छोरो उसको पनि बोलीनै आउदैन । तर पुजा गरेपछि छोराको बोली फुट्छ भनेर  गाउँका जान्नेले दिएको सुझाव अनुसार पुजा लगाउन भनेर जाँदा अनि त्यहाँ भएको एउटा घटना पश्चात उनको बोली फुटेको थियो ।
           
जब ५ वर्षको उमेरमा बल्ल तल्ल बोली फूटेका डा. सत्यमोहन जोशीलाई उनका बुबा शंकरदासले ५ वर्षको उमेरमा बोली फुटेपछि त्यसबेलाको समय जहिले कपि कलम कोत रुपरेखा पनि बनीनसकेको त्यो बेलामा अगाँरको मसी बनाएर अक्षर चिनाएको त्यो बालापनको क्षणलाई  सम्झिन्छन् ।

बाल्यकाल निम्न वर्गीय परिवारमा दुःख सुखका साथमा विताइरहेका थिए लेखक, इतिहास तथा संस्कृतविद् डा.सत्यमोहन जोशीले जब बोल्न थाले र आफ्ना बुबाले  ओम नम बागेश्वराय भनेर चिनाए पहिलो अक्षर र त्यसपछि उनलाई पढ्नका लागि भाषा पाठशालामा उनका बुबा शंकरदासलनैे भर्ना गरिदिएपछि उनले आफ्नो औपचारीक शिक्षाको सुरुवात गरे  ।

बाल्यकाल बित्दै जाँदा डा. जोशीले आफ्नो औपचारीक शिक्षा पनि हासील गदै गए र जब माध्यमिक स्तरको शिक्षाको उपाधी हासिल गरेसँगै उनी औधोगिक व्यापारीक समाचार संग्रह बसन्तपुरको अण्डामा जागीरे भए त्यसपछि कामको शिलशीलामा नेपाली भाषाको उर्वरभूमी तनहु, लमजुङ्मा पुगेपछि त्यहाँको गुरुङ् समुदायमा भिज्दै गए र त्यहिबाट सुरु भयो उनको लेखन प्रकृया ।

मदन पुरस्कारभन्दा झन्डै चालिस वर्ष जेठा डा. सत्यमोहन जोशीको जीवनलाई ओल्क्याएर यत्तिका उमेरसम्म ल्याउने चिज भने अर्कै छ । जुन चिज उनको पहिलो कृति ‘हाम्रो लोकसंस्कृति’ भित्र छ । त्यो हो, त्यही ७० वर्षअघि जागिरका सिलसिलामा लमजुङको एउटा गुरुङबस्ती पुग्दा टिपेको लोकभाका । यी लोकभाकामध्ये कति त ती गाउँबाटै लोप भइसके होलान् अब कि त त्यो किताब मदन पुरस्कार पुस्तकालायतिर भेटिन्छ । हैन भने, उनको मनमा ताजै छ । उनी अझै पनि ती गीत भाका हालेर गाउँछन् । एउटा सानो गीतको अंश बखुम्बहालस्थित एक तले घरको ढोकाको दाहिनेतिर काठको सानो चाक्लोमा लेखिएको देखिन्छ :

‘गाई पाल्यो रेलिमाई वनको बाघलाई
छोरो पाल्यो रेलिमाई जर्मनको धावालाई’

र त्यहि गीत उनले हामीलाई कुराकानीको क्रममा भाकाहालेर सुनाएका थिए ।

यो हो, जोशीको जीवन जिउने दर्शन । यसलाई उनी ‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’ भन्छन् । र, यत्तिका उमेरसम्म सन्तोषपूर्वक बाँच्न सिकाउने कला यिनै भाकाले दिएको विश्वास उनी गर्छन् ।

खुसीसाथ जीवन जिउने हो भने एउटा दर्शन चाहिन्छ भन्छन् जोशी । तर, त्यो दर्शन ठूला–ठूला ठेलीले दिन्छन् भन्ने उनलाई लाग्दैन । भोगाइले सिकाउने दर्शन नै उच्च कोटीको दर्शन मान्ने जोशीले यो दर्शन जीवन भोगाईकै क्रममा फेला पारेका थिए ।
जोशीलाई लागेको उच्चकोटीको दर्शन अटाएको ‘हाम्रो लोकसंस्कृति’ उनको जीवनबाट हटाइदिने हो भने अहिलेको परिचयको आधार हराउँछ । किनकि, उनको अहिलेको परिचय यसै कृतिले बनाइदिएको मान्छन् । त्यसैले उनको जीवनवृत्त कृतिको कथा र कृतिको कथा जीवनवृत्तसँग जोडिन्छ ।

डा. सत्यमोहन जोशी नेपालका संस्कृतिविद् हुन् भने उनै सत्य मोहन जोशी साहित्यकार पनि हुन् । उनले त्रिचन्द्र कलेजबाट बि.ए. सम्म अध्ययन गरेका छन् । उनले वि.सं. २०१३ सालमा लोक संस्कृतिमा मदन पुरस्कार प्राप्त गरेका थिए । जोशी वि.सं. २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक थिए । वि.सं. २०१६ सालमा पाँचौ शताब्दीदेखि बिसौ शताब्दीसम्मको मुद्राको विस्तृत विवरण सहितको नेपाली मुद्रा नामक पुस्तक प्रकाशित गरे । जसबाट जोशीले दोस्रो पटक मदन पुरस्कार हात पारे ।
नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा  लागि लागि परेका हुनाले उनको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । तीन पटक सम्म मदन पुरस्कार जित्ज सफल भएका जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

शताब्दी पुरुष सत्यमोहन जोशीले जीवनभर साहित्य , कलासंस्कृति र रङ्गमञ्चमानै योगदानका दिएका छन् । जोशीले नेपाली मौलिक लोकसंस्कृति र साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिएका छन् । उनी ३ पटक मदन पुरस्कार प्राप्त गर्ने श्रष्टा हुन् ।





Comments

Post a Comment

Popular posts from this blog

"नेपाली हामी रहौला कहाँ नेपालै" नरहे राष्ट्रकवि माधवप्रसाद घिमीरे -हार्दिक श्रद्धाञ्जली!!

  👉 साहित्य नेपाली साहित्यका क्षेत्रमा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार माधवप्रसाद घिमीरेको शब्दहरु: तराई हाम्रो सुनको टुक्रा, हिमाल हिराको माटो र पानी पहेलो घाँम धर्तीका छोराको ए कहाँबाट संसार हेर्छौ संम्झनै नरहे । नेपाली हामी रहौला कहाँ नेपालै नरहे वि.सं. १९७६ साल असोज ७ गते लमजुङ् जिल्लाको पुस्तुन गाँउमा जन्मिएका हुन् नेपाली साहित्यकार माधवप्रसाद घिमीरे ।   आफू जन्मिएर तीन वर्षको हुदाँ उनले आफ्नी आमालाई गुमाउनुपरेपनि उनी सानै उमेरबाटनै लेखन क्षेत्रमा रुची रहेकाले निरन्तर रुपमा बच्चा बेलादेखिनै उनी नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्ध जस्ता अनेकौं विधा –उपविधाहरुमा निरन्तर कलम चलाउने गर्थे । कलिलै उमेरमा आमाको मायाबाट टुहुरो बन्नु परेकाले उनले आफ्नो आमाको स्नेहको रुपमानै साहित्यलाई रोज्न पुगे । आफू ६ वर्षको उमेर हुदाँ अक्षर चिनेका उनले ८ देखी ९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे भने ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै

करिब ३ सय रुपैयाँ बोकेर काठमाडौंमा आएका गायक तथा संगीतकार शिशिर योगी

दु:ख गर्न कहिल्यै नछोड्नु, किनकी आफूले गरेको प्रत्येक दुखमा एउटा सानो या ठुलो सुख लुकेको हुन्छ । सामान्य र सरल जीवनलाई देखेर जो कोहिले उहाँभित्रको गहनता र बिशिष्टतालाई पहिल्याउन गाह्रै पर्छ । आमा मायादेवी र बुवा यामनाथ योगीका माईला छोराको रुपमा राप्ती अञ्चलको दाङस्थित लमही नगरपालिकाको बलरामपुर गाउँमा वि.सं २०२७ साल फाल्गुन २६ गते जन्मिएका हुन् चर्चित गायक तथा संगीतकार शिशिर योगी । परिवारमा दुई भाई मा आफू माईलो सन्तान र तिन बहिनी गरि सात जनाको परिवार थियो शिशिर योगीको । हुनत उनको जन्म भन्दा पहिला दुई सन्तानहरुलाई आफ्ना आमा बुबाले गुमाउनु प¥यो अरे उनले कुराकानीको क्रममा बताउने गर्छन् । गायक तथा संगीतकार शिशिर योगी, संगीतका योगी या भनौ उनले जन्मेको केही वर्षपछि नै जानी नजानी संगीतको योग शुरू गरे र यो योग गर्दागर्दै उनी अहिले संगीतकै योगी बनेका छन् । संगीत उनका लागि योग साबित भएको छ । सम्पन्न परिवारमा जन्मिएका शिशिर चौधरी समाजका साथीसँगीसँग हुर्कंदै जाँदा संगीतको योग शुरू गरे । स्थानिय चौधरी समुदायले माघी पर्व मनाउँदा शिशिर उनीहरूसँग भिज्दै गए । बाल्यकालदेखि नै संगीतको लत लागेका