Skip to main content

‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’

लेखक, इतिहास तथा संस्कृतिविद्  सताब्दीपुरुष सत्यमोहन जोशीको  ‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’ 

✍ सिर्जना गुरागाँई


उमेरले सय वर्षकाटे पनि हेर्दा र उहाँसँग कुराकानी गर्दा हामीलाई लाग्दैनकी उहाँ सय वर्षको बृद्ध मान्छे हो भन्ने ।  जस्ले वि.सं. २०१३, २०१७ र वि.सं. २०२८ सालमा गरी ३ पटकसम्म मदन पुरस्कार प्राप्त गर्ने एकमात्र व्यक्ति लेखक, इतिहास तथा संस्कृतविद् सताब्दीपुरुष डा. सत्यमोहन जोशी ।

बाबु शंकरदास (शंकरराज) जोशी र आमा राजकुमारी (नोगलदेवी)का जेठा सुपुत्रका रूपमा वि.सं. १९७७ साल वैशाख ३० गते बखुम्बहाल, ललितपुरमा जन्मेका हुन् लेखक, इतिहास तथा संस्कृतिविद् डा. सत्यमोहन जोशी । एक निन्नवर्गीय परिवारमा जन्मिएका सत्यमोहन जोशी बच्चा बेलामा सारै भद्र भलाद्मी व्यक्तित्व थिए । अचम्म त यो छ की उनी जन्मिएर ५ वर्षको हुँदासम्म उनको बोली फुटेको थिएन रे यस्ले उनका आमा वुवालाई धेरै चिन्ता परेको थियो कि आफ्नो एउटा छोरो उसको पनि बोलीनै आउदैन । तर पुजा गरेपछि छोराको बोली फुट्छ भनेर  गाउँका जान्नेले दिएको सुझाव अनुसार पुजा लगाउन भनेर जाँदा अनि त्यहाँ भएको एउटा घटना पश्चात उनको बोली फुटेको थियो ।
           
जब ५ वर्षको उमेरमा बल्ल तल्ल बोली फूटेका डा. सत्यमोहन जोशीलाई उनका बुबा शंकरदासले ५ वर्षको उमेरमा बोली फुटेपछि त्यसबेलाको समय जहिले कपि कलम कोत रुपरेखा पनि बनीनसकेको त्यो बेलामा अगाँरको मसी बनाएर अक्षर चिनाएको त्यो बालापनको क्षणलाई  सम्झिन्छन् ।

बाल्यकाल निम्न वर्गीय परिवारमा दुःख सुखका साथमा विताइरहेका थिए लेखक, इतिहास तथा संस्कृतविद् डा.सत्यमोहन जोशीले जब बोल्न थाले र आफ्ना बुबाले  ओम नम बागेश्वराय भनेर चिनाए पहिलो अक्षर र त्यसपछि उनलाई पढ्नका लागि भाषा पाठशालामा उनका बुबा शंकरदासलनैे भर्ना गरिदिएपछि उनले आफ्नो औपचारीक शिक्षाको सुरुवात गरे  ।

बाल्यकाल बित्दै जाँदा डा. जोशीले आफ्नो औपचारीक शिक्षा पनि हासील गदै गए र जब माध्यमिक स्तरको शिक्षाको उपाधी हासिल गरेसँगै उनी औधोगिक व्यापारीक समाचार संग्रह बसन्तपुरको अण्डामा जागीरे भए त्यसपछि कामको शिलशीलामा नेपाली भाषाको उर्वरभूमी तनहु, लमजुङ्मा पुगेपछि त्यहाँको गुरुङ् समुदायमा भिज्दै गए र त्यहिबाट सुरु भयो उनको लेखन प्रकृया ।

मदन पुरस्कारभन्दा झन्डै चालिस वर्ष जेठा डा. सत्यमोहन जोशीको जीवनलाई ओल्क्याएर यत्तिका उमेरसम्म ल्याउने चिज भने अर्कै छ । जुन चिज उनको पहिलो कृति ‘हाम्रो लोकसंस्कृति’ भित्र छ । त्यो हो, त्यही ७० वर्षअघि जागिरका सिलसिलामा लमजुङको एउटा गुरुङबस्ती पुग्दा टिपेको लोकभाका । यी लोकभाकामध्ये कति त ती गाउँबाटै लोप भइसके होलान् अब कि त त्यो किताब मदन पुरस्कार पुस्तकालायतिर भेटिन्छ । हैन भने, उनको मनमा ताजै छ । उनी अझै पनि ती गीत भाका हालेर गाउँछन् । एउटा सानो गीतको अंश बखुम्बहालस्थित एक तले घरको ढोकाको दाहिनेतिर काठको सानो चाक्लोमा लेखिएको देखिन्छ :

‘गाई पाल्यो रेलिमाई वनको बाघलाई
छोरो पाल्यो रेलिमाई जर्मनको धावालाई’

र त्यहि गीत उनले हामीलाई कुराकानीको क्रममा भाकाहालेर सुनाएका थिए ।

यो हो, जोशीको जीवन जिउने दर्शन । यसलाई उनी ‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’ भन्छन् । र, यत्तिका उमेरसम्म सन्तोषपूर्वक बाँच्न सिकाउने कला यिनै भाकाले दिएको विश्वास उनी गर्छन् ।

खुसीसाथ जीवन जिउने हो भने एउटा दर्शन चाहिन्छ भन्छन् जोशी । तर, त्यो दर्शन ठूला–ठूला ठेलीले दिन्छन् भन्ने उनलाई लाग्दैन । भोगाइले सिकाउने दर्शन नै उच्च कोटीको दर्शन मान्ने जोशीले यो दर्शन जीवन भोगाईकै क्रममा फेला पारेका थिए ।
जोशीलाई लागेको उच्चकोटीको दर्शन अटाएको ‘हाम्रो लोकसंस्कृति’ उनको जीवनबाट हटाइदिने हो भने अहिलेको परिचयको आधार हराउँछ । किनकि, उनको अहिलेको परिचय यसै कृतिले बनाइदिएको मान्छन् । त्यसैले उनको जीवनवृत्त कृतिको कथा र कृतिको कथा जीवनवृत्तसँग जोडिन्छ ।

डा. सत्यमोहन जोशी नेपालका संस्कृतिविद् हुन् भने उनै सत्य मोहन जोशी साहित्यकार पनि हुन् । उनले त्रिचन्द्र कलेजबाट बि.ए. सम्म अध्ययन गरेका छन् । उनले वि.सं. २०१३ सालमा लोक संस्कृतिमा मदन पुरस्कार प्राप्त गरेका थिए । जोशी वि.सं. २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक थिए । वि.सं. २०१६ सालमा पाँचौ शताब्दीदेखि बिसौ शताब्दीसम्मको मुद्राको विस्तृत विवरण सहितको नेपाली मुद्रा नामक पुस्तक प्रकाशित गरे । जसबाट जोशीले दोस्रो पटक मदन पुरस्कार हात पारे ।
नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा  लागि लागि परेका हुनाले उनको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । तीन पटक सम्म मदन पुरस्कार जित्ज सफल भएका जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

शताब्दी पुरुष सत्यमोहन जोशीले जीवनभर साहित्य , कलासंस्कृति र रङ्गमञ्चमानै योगदानका दिएका छन् । जोशीले नेपाली मौलिक लोकसंस्कृति र साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिएका छन् । उनी ३ पटक मदन पुरस्कार प्राप्त गर्ने श्रष्टा हुन् ।





Comments

Post a Comment

Popular posts from this blog

यो केटोत कलाकार हुन्छ की के हो

गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ्यो रे यो केटोत कलाकार हुन्छ की के हो !! आमा विष्णुमाया र बुवा विष्णुहरी कार्कीको कान्छो सुपुत्रको रुपमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुञ्ज नगरपालीका चुचुले वडा नम्बर ४ मा वि.सं २०२२ साल माघ ६ गते  जन्म भएको हो चर्चित गायक आनन्द कार्कीको । जमिनदार हजुरबुबाभएका कारण आफ्नो घर परिवार त्यस समयको सम्पन्न परिवारमानै परिचित थियो । तर हजुरबुवाले पहिलो श्रीमती बितेपछि गरेको अर्को अन्तरजातीय विवाहबाट जन्मिनुभएको रे आनन्द कार्कीका बुवा । बुवा विष्णुबहादुर कार्कीका पनि पहिलो र दोस्रो श्रीमती बितेपछि तेस्रो श्रीमतीको रुपमा रहेकी कार्कीकी आमा विष्णुमाया का सात जना सन्तानहरुमध्येमा ३ दाजुभाई र ४ दिदीबहिनी मध्येमा एक जना बितेपछि जम्मा ८ जनाको परिवार थियो आनन्द कार्कीको घरमा । गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ...

जब म ठुलीहुँदै गए तब मलाई नाच्न अलि लाज लाग्न थाल्यो - चर्चित गायिका प्राश्ना शाख्य

नेपालको पूर्वी तराई जिल्ला धरानमा जन्मिए पनि हाल काठमाडौंलाई कर्मथलो बनाएर आफ्नो जीवनलाई संगीत क्षेत्रमा समर्पित गर्दै आएकी चर्चित गायिका  हुन् प्राश्ना शाख्य । मलाई बच्चा बेलामा एकदमै नाच्न मन लाग्थ्यो र नाचेर विदेश सम्मको यात्रामा पनि गएकी थिए, तर जब म ठुलीहुँदै गए तब मलाई नाच्न अलि लाज लाग्न थाल्यो र म गीत गाउन तिर धेरैनै अग्रसर बनेर रहन थाले । हो उनी चर्चित गायिका प्रश्ना शाख्य हामीले उनलाई भेटेर कसरी संगीतलाई रोज्नुभयो भनेर सोध्दा उनले यस्तै कुरा बताईन् । घरकी जेठीको रुपमा बैशाख १४ गते जन्मीइन् प्रश्ना तर सानै उमेरमा आफ्नु बुबा आमाबाट टाढा भएर हजुरबुबा हजुरआमाको प्यारी बनेर उहाँहरुकै छत्र छायाँमा आफ्नो बाल्यकाललाई व्यतित गरिन् उनले । बुबा विनोद शाख्य र आमा सुमित्रा शाख्य अनि बहिनी म्यारी र भाई प्रज्वल शाख्य गरी पाँच जना सदस्य भएको मध्यमवर्गीय परिवार र सुखी परिवार भनेर आफ्नो परिवारलाई चिनाउन चाहन्छिन् उनी । सानै उमेरमा आफ्नो परिवारमा छोरी नभएकाले र आफु पहिलो छोरी भएकाले बुबा आमाबाट टाढा रहेर उनी हजुरबुवा हजुरबुवासँग बस्दै आईन् र उनलाई आमा बुवाको भन्दा धेरै याद आफ्नो ...