Skip to main content

एक सफल गायक मानिने नारायणगोपालको जीवनमा असफलताका लश्कर पनि थिए






एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा ।
एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा ।
                                                               स्वरसम्राट नारायण गोपाल गुरुवाचार्य

स्वरसम्राट नारायणगोपाल पुरा नाम नारायणगोपाल गुरुवाचार्य । वि सं १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाडौंको किलागलमा जब उनी जन्मीए तब नेपाली संगीत क्षेत्रले एउटा बलीयो खम्बालाई प्राप्त ग¥यो र आजसम्म पनि यही खम्बाकै धरोहरमा हजारौ स्तम्भहरुले आफ्नो पहिचान बनाउन सफल भएका छन् । हुनत हामीले आज भन्दा २८ वर्ष अगाडी यानकी वि सं २०४७ मङ्सीर १९ गतेको त्यो कालो दिन जब हामीले नारायण गोपलको भौतिक शरिरलाई गुमायौ तर आजका दिनमा पनि उनको कालजयी नेपाली आधुनिक गीतहरुलाई मन नपराउने र सुन्दा झर्र्को मान्ने सायद मान्छे भेट्नलाई गाह्रै पर्छ ।
 
नारायण गोपालका अनन्य मित्र हुन् मणिकरत्न । उनलेनै नारायण गोपालको स्वर पहिचान गर्ने क्रममा माणिकरत्न र प्रेमध्वज प्रधानले हिन्दी गीतमा स्वराभ्यास गरे तर नारायण गोपालले भने जहिले पनि ठट्टा गरेर हिन्दी गीत बिगारेर गाउने गर्थे । माणिकरत्नको घर एक किसिमको संगीतशालाजस्तै थियो कारण उनका काका सिद्धिरत्न स्थापित स्वयम् पनि एक कुशल वाद्यवादक थिए । गायक नारायणगोपालको घरमा शास्त्रीय संगीत बाहेक आधुनिक संगीतमा रम्न उनका पिता आशागोपाल गुरुवाचार्यका कारण मनाही थियो । उस्ताद आशागोपाल गुरुवाचार्य आधुनिक संगीतलाई हलुका र रंगहीन मान्दथे । प्रेम–माणिकले आफ्नै संगीतमा गाउन शुरु गरिसकेका थिए, त्यसैले नारायणगोपाललाई एउटा नयाँ शैलीको संगीतको जरुरत थियो त्यसैले उनले आफ्नै संगीतमा छ ओटा गीत तयार भए । ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए । उनले त्यस संकलनमा चारओटा एकल स्वर्गकी रानी, आँखाको भाखा आँखैले , भो भो मलाई नछेक, मधुमासमा यो दिल  र दुइटा युगल – बिछोडको पीडा र ए कान्छा ठट्टैमा यो बैंश जानलाग्यो बोलको गीत गाए । यस गीतका सम्पूर्ण रेकर्डिङ भारतको कोलकतामा सम्पन्न भयो । त्यसपछि यी गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो । उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे । राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए । पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, लम्क चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! तिमीलाई जलभरिका औंलाहरूले चुम्न’ जस्ता गीत गाए । यी गीतले नारायणगोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासँग परिचित गरायो । उनी युवा हृदयका प्रिय गायक नै मानिए । उनले त्यसपछि विस्तारै आफ्नो गायनमा परिवर्तनको स्वर ल्याए, उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा अक्कासिँदै गयो ।

उनले शुरुवाती चरणमा गाएका गीतबाट बढी जसो स्रोता पछि विस्तारै कवि लेखक पनि प्रभावित हुँदै गए । उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी र आफ्ना समकालीनसँग विचारविमर्श गर्न थाले । यसै क्रममा उनको भारतको पश्चिम बँगालस्थित पहाडी राज्य दार्जीलिङको भ्रमण भयो , बीसको दशकको शुरुवातमा भएको यो भ्रमणले उनले दार्जीलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमालालाई प्रेमीको रूपमा पाए भने त्यहीँ संघर्ष गरिरहेका एक होनहार संगितकर्मी गोपाल योञ्जनलाई एक मीतका रूपमा पाए ।

नारायणगोपाल नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन् जसले गायनलाई पेशाको रूपमा अङ्गाले । वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन् । चार जना दाजु भाइ र ३ जना दिदी बहिनीमध्येका एक नारायण गोपालले मानविकी शास्त्रमा स्नातकोत्तर गरे ।
जो मान्छे सधै हसिलो देखिन्छ हेर्दा त्यस व्यक्तिको गोजीको रुमाल भिजेको हुन्छ । त्यस्तै हरेक सफल व्यक्तिले जुन स्थानमा आफ्नो सफलताको पहिचानलाई जोगाएर राखेको हुन्छन् त्यहि व्यक्तिको पछाडी यति धेरै असफलता र चुनौतिहरु रहेका हुन्छन् तर जो कोहिले त्यसको खोजी गर्देनन् । हो, स्वरसम्राट नारायण गोपाल आधुनिक गीत संगीत क्षेत्रको एक सफल व्यक्ति तर उनी जीवनमा कति पटक असफल बनेत अब यस बारेमा थोरै जानकारी जुन तपाईको लागि प्रेरणा बन्न सक्छ ।

एक सफल गायक मानिने नारायणगोपालको जीवनमा असफलता लश्कर पनि थिए । उनी पहिलो पटक स्वरपरीक्षमा अनुत्तीर्ण भए भने भारतको बरौडामा महाराज फिरदौस संगीत महाविद्यालयमा पढाइ अपूरो छोडेर फर्केर आए । चलचित्र माइतीघरमा पाश्र्वगायकको रूपमा गीत गाउन जाँदा उनी गाउन नसकेर अस्वीकृत भए । चलचित्र कासेलीमा एउटा गीत उनले स्वास्थ्यका कारण अपुरो अवस्थामा गायन छोडिदिए । उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा उनको कारवाहीका कारणले धेरै कलाकार दशैँको मुखमा बेरोजगार भए । यसको दाग उनलाई जीवनभर लागिरह्यो । चुनौति र परीक्षामै आफ्नो गायनलाई स्वीकार्ने गायक, संगीतकार नारायणगोपाल इतिहासका ज्ञाता थिए । फुटबल खेलका पारखी थिए । चेसका खेलाडी थिए । उनी भान्सामा कुशल भान्से थिए । र, शौखिन फोटोग्राफर थिए । उनले गायनबाहेक कार्यक्रम आयोजना गर्ने संयोजन गर्ने काममा पनि आफ्नो धेरै लगानी गरे । उनले आफ्नो एकल गायन स्वर्णिम सन्ध्या छोडेर भारतको दार्जीलिङ, डुवर्स, साम्ची बाहेक नेपालमा पोखरा, नारायणघाटमा कार्यक्रम आयोजनामा पूरा खटे । उनले आफ्नै सम्पादकत्वमा बागीनाको प्रकाशन समेत गरे ।

यी सबै इतिबृत्त बाहेक नारायणगोपालको स्वरलाई हाम्रो जनसमाजले भुल्न नसक्ने एउटा पंक्ति छ, नारायणगोपालको , उनी भन्थरे, म गाउँछु केवल जनताको लागि गाउँछु । यसरी अनेकौ समस्या र चुनौतीहरु आए पनि कहिलै हार नमानेर एक दिन सफल बनेरै छाडे उनी र उनकै समधुर गीत संगीतहरु सुनेर मानिसहरु आफ्नो सुख, दुःख, माया, प्रेम राष्ट्रियताको भाव पोखिरहेका हुन्छन् ।


Comments

Popular posts from this blog

Variable Declaration & Initialization in C Programming Language

✍ Nirajan Guragain This is the first time i am writing the C program. And in the following simple program i want to describe the variable declaration and initialization. In short Variable: Generally, Variable is value changed during the execution of the time. But in the C program it is a named data storage location in your computer's memory.  Variable Declaration: Variable Declaration is the linking the program with the data type and name that should be easily identified file name, block code to the compiler. Initialization: Set the value at the time of calculation is called initialization. Example:

‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’

लेखक, इतिहास तथा संस्कृतिविद्  सताब्दीपुरुष सत्यमोहन जोशीको  ‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’ 

यो केटोत कलाकार हुन्छ की के हो

गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ्यो रे यो केटोत कलाकार हुन्छ की के हो !! आमा विष्णुमाया र बुवा विष्णुहरी कार्कीको कान्छो सुपुत्रको रुपमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुञ्ज नगरपालीका चुचुले वडा नम्बर ४ मा वि.सं २०२२ साल माघ ६ गते  जन्म भएको हो चर्चित गायक आनन्द कार्कीको । जमिनदार हजुरबुबाभएका कारण आफ्नो घर परिवार त्यस समयको सम्पन्न परिवारमानै परिचित थियो । तर हजुरबुवाले पहिलो श्रीमती बितेपछि गरेको अर्को अन्तरजातीय विवाहबाट जन्मिनुभएको रे आनन्द कार्कीका बुवा । बुवा विष्णुबहादुर कार्कीका पनि पहिलो र दोस्रो श्रीमती बितेपछि तेस्रो श्रीमतीको रुपमा रहेकी कार्कीकी आमा विष्णुमाया का सात जना सन्तानहरुमध्येमा ३ दाजुभाई र ४ दिदीबहिनी मध्येमा एक जना बितेपछि जम्मा ८ जनाको परिवार थियो आनन्द कार्कीको घरमा । गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ...