Skip to main content

जब म ठुलीहुँदै गए तब मलाई नाच्न अलि लाज लाग्न थाल्यो - चर्चित गायिका प्राश्ना शाख्य


नेपालको पूर्वी तराई जिल्ला धरानमा जन्मिए पनि हाल काठमाडौंलाई कर्मथलो बनाएर आफ्नो जीवनलाई संगीत क्षेत्रमा समर्पित गर्दै आएकी चर्चित गायिका  हुन् प्राश्ना शाख्य ।


मलाई बच्चा बेलामा एकदमै नाच्न मन लाग्थ्यो र नाचेर विदेश सम्मको यात्रामा पनि गएकी थिए, तर जब म ठुलीहुँदै गए तब मलाई नाच्न अलि लाज लाग्न थाल्यो र म गीत गाउन तिर धेरैनै अग्रसर बनेर रहन थाले । हो उनी चर्चित गायिका प्रश्ना शाख्य हामीले उनलाई भेटेर कसरी संगीतलाई रोज्नुभयो भनेर सोध्दा उनले यस्तै कुरा बताईन् ।

घरकी जेठीको रुपमा बैशाख १४ गते जन्मीइन् प्रश्ना तर सानै उमेरमा आफ्नु बुबा आमाबाट टाढा भएर हजुरबुबा हजुरआमाको प्यारी बनेर उहाँहरुकै छत्र छायाँमा आफ्नो बाल्यकाललाई व्यतित गरिन् उनले । बुबा विनोद शाख्य र आमा सुमित्रा शाख्य अनि बहिनी म्यारी र भाई प्रज्वल शाख्य गरी पाँच जना सदस्य भएको मध्यमवर्गीय परिवार र सुखी परिवार भनेर आफ्नो परिवारलाई चिनाउन चाहन्छिन् उनी । सानै उमेरमा आफ्नो परिवारमा छोरी नभएकाले र आफु पहिलो छोरी भएकाले बुबा आमाबाट टाढा रहेर उनी हजुरबुवा हजुरबुवासँग बस्दै आईन् र उनलाई आमा बुवाको भन्दा धेरै याद आफ्नो हजुरबुवा हजुरआमाको आउँथ्यो भनेर उनी कुराकानीको क्रममा बताउने गर्छिन् ।

सानै उमेरबाटनै सरल शान्त स्वभावकी उनले जलजला शिशुसदनमा रहेर आफ्नो बच्चा बेलाको जीवनलाई व्यतित गरिन् त्यसपछि कक्षा एक देखि ३ सम्म लालीगुराँस स्कुलमा अध्ययन गरिन् भने कक्षा ४ सिद्धार्थ हाई स्कुलबाट उतिर्ण गरिन्, त्यसपछिको कक्षा १० सम्मको स्कुले जीवन उनले धरानमानै रहेर अध्ययन गरिन् ।

हुनत उनको परिवारमा कोहि पनि सांगीतिक क्षेत्रमा आवद्ध थिएनन् तर संगीतलाईनै मन नपराउने भने पक्कैपनि होइन  । परिवारमा आफ्नु हजुरबुवा गीत असाध्यै मन पराउने र सुनीराख्ने गर्नुहुन्थ्यो उनी पनि हजुरबुवासँगै बसेर गीत सुन्न रुचाउने र दशै तिहारहरुमा हुने देउसी भैलो जस्ता कार्यक्रममा लुकीलुकी गीत गाउँन दौडने गर्थिन् । जब पहिलोपल्ट आफ्नी आमाको स्वर सुनीन् प्रश्नाले त्यतिबेला उनले आमालाई प्रश्न राखेकी थिइन् कि आमा किन गीत रेकर्ड नगराउनु भएको स्वर त मीठो रैछत भनेर राखेको प्रश्नमा आमाले गाउन रहर भएर मात्रै हुदैन, भनेर दिएको उत्तरले त्यो बेलामा संगीतको साघुरो क्षेत्र र संगीतको अविकसीत रुपले गर्दा आफूमा भएको प्रतिभालाई लुकाएर राख्नु परेकोे पिडालाई महसुस गरेकी थिइन् उनले र त्यहि बेला उनी एकदिन आफू सफल गायिका बनेरै छाड्छु यो मेरो सपना मात्र नभएर आमाको पनि हो भनेर अठोट दृड बनाएर राखिन् उनले ।

सानै उमेरदेखिनै पढ्नभन्दा पनि नाच्न गाउन तिर धेरै रुची थियो उनको आफ्ना हजुरबुवा हजुरआमाको आँखा छलेर लुकीलुकी नाच्ने गाउँने गर्दे उनी आफ्नो बाल्यकाललाई खुसीसाथ विताईरहेकी थिइन् । एकदिन उनी त्यसबेला कक्षा सातमा अध्ययन गरिरहेकी थिइन् र आफ्नो कक्षामा सर नआउनुभएकाले एउटा खाली पिरियर्डमा उनले आफ्ना साथीको अगाडी पहिलोपल्ट गीत गाएकी थिइन्, त्यो बेलासम्म उनका साथीलाई पनि प्रश्नाले गीत गाउछ भन्ने कुरा थाहानै थिएन, र त्यहि गीत उनको सरले पनि सुनेपछि सर छक्क पर्दै तिमी एकदिन सफल गायिका बन्न सक्छौं गीत गाउ भनेर स्यावासी दिएको दिनदेखी उनमा संगीत क्षेत्रमा रहेको रुची झनै मौलाउन थाल्यो ।

उनमा आफू गीत गाउन सक्छु भन्ने आत्माविश्वास पनि थियो तर मासमा नाच्दा जत्ति सहज अनुभव हुन्थ्यो त्यति सहज उनलाई गाउन लाग्दैनथ्यो या भनौ उनलाई मासमा गीत गाउन भने ज्यादै लाज लाग्थ्यो र विभिन्न कार्यक्रमहरुमा नाचेर आफूलाई सहभागी गराउने गर्थिन् ।यसरीनै उनका बाल्यकालका दिनहरु बित्दै गएका थिए । तर जव उनी कक्षा नौ मा पढ्दै थिइन् यो बेला भने उनको जीवनमा या भनौ सांगीतिक करियरमा थप प्रेरणा र हौसल्लाको रुपमा एउटा महत्वपूर्ण क्षण बनेर रहृयो या भनौ नाच्नका लागि स्टेजमा चढ्ने उनी पहिलोपल्ट गाउनका लागि अब स्टेजमा चढेकी थिइन् जुन दिन उनले पहिलोपल्ट स्टेजबाट चैतमास खडेरीमा डडेलोले बनै खायो बोलको गीत गाउँदा उनलाई सुन्ने दर्शकस्रोताबाट पाएको स्यावासी र तालिले उनमा संगीतको भुत यति चढ्यो की अब संगीत प्रश्नाको लागि फेर्ने स्वासनै बनेर रह्यो । अर्को पनि घटनालाई उनी संम्झिन्छीन् उनी गीत गाउँने कुरा घरमा कसैलाई थाहा थिएन तर एकदिन उनी र उनकी बैनी म्यारीसँग कोठामा कसैले थाहा नपाउनेगरी गीत गाएका थिए तर उनको बुवाले रेडियोमा गीत बजेको होला भनेर सुन्दा त्यो रेडियोको कुनै गीत नभएर आफ्नो छोरीले गाएको थाहा पाएपछि उनलाई संगीत नछोड्न र यस क्षेत्रमा लाग्नका लागि हौसल्ला र प्रेरणा दिएको कुराले उनमा खुसीको सिमानै रहेन । उनले पहिलोपल्ट स्टेजमा गाएको गीत सुनेर त्यसपछिका दिनमा भने उनलाई विभिन्न गीतहरु रेकर्ड गर्नलाई अवसरहरु आउन थाले र उनी कुराकानीको क्रममा भन्ने गर्छिन् आफू नौं कक्षामा पढ्दा गीत गाउन अफर आयो मत डरले अब कसरी गाउने गीत भनेर अचम्ममा परेकी थिए , र त्यसपछि म संगीतमा मरिहत्ते गरेर लागिपरे जसले गर्दा मेरो पढाई सोचेजस्तो राम्रो हुन सकेन, कक्षा नौ मात म फेल नै भएकी थिए भन्दै त्यतिबेलाको क्षणलाई संम्झदै यसरी खुसी बाड्छिन् उनी ।

आफ्नो नौ कक्षामा पढ्दाको क्षणलाई सांगीतिक जीवनको विशेष क्षणको रुपमा ठान्ने शाख्य जव कक्षा दस उर्तिण गरी काठमाडौलाई आफ्नो कर्मथलो बनाउछु र संगीत संगँसँगै आफ्नो पढाईलाई निरन्तरता दिने उदेश्यका साथ काठमाडौंमा आफ्नो औपचारीक बसोबासको सुरुवात गर्न भनेर वि.सं २०५६ सालमा काठमाडौं भित्रिएकी थिइन् तर सानै उमेरदेखि हजुरबुवा हजुरआमाको लाडप्यारमा हुर्कीएकी उनलाई काठमाडौंको त्यो एक्लो जीवन बस्नै नसकेर धरानमानै जाने निधो गरिन् । उनी भन्ने गर्छिन् घर कहिल्यै नछोडेकी म जब काठमाडौं आए त्यसपछिका दिनहरु रौरनै विताउने गर्थे र बस्न नसकेर फेरी घर फर्किए ।

एउटा सफल गायिका बन्ने आफ्नो इच्छा त छदै थियो उनको त्यसमा आफ्नो आमाको सपना पनि मिसिएकाले उनमा झनै धेरै जिम्मेवारी बोध पनि थियो । आफ्नो इच्छा र आमाको सपनालाई सम्झदै काठमाडौं बस्ने पुनः निधो गरेर उनले औपचारीक रुपमा काठमाडौंको बसाई सुरु गरिन् त्यसै क्रममा उनी विभिन्न सांगीतिक प्रतिस्पर्धाहरुमा आफू सहभागी हुन थालिन् यसैक्रममा उनले रेडियो नेपालको बार्पिक उत्सवको अवसरमा आयोजित आधुनिक गीत प्रतियोगीतामा टप टेनमा पर्न सफल भइन् । पछि फेरी वि.सं २०५६ सालमा नेपाल टेलिभिजनबाट प्रसारण हुने सांगीतिक प्रतिस्पर्धाको कार्यक्रम तिम्रो सुर मेरो गीतमा प्रथम स्थान हासिल गर्न सफल बनिन् ।

सांगीतिक आकाशको एउटा सफन नक्षत्र बन्ने सपनालाई आफ्नो पोल्टाभरी सजाएर त्यसैलाई साकार रुप दिनलाई निरन्तर साधनारत उनले पाएको यो सफलताले उनमा थप हौसल्ला र प्रेरणाको ऊर्जाहरु थपिदै गएको अनुभव गरिन् उनले साथमा जिम्मेवारी पनि उनमा थपिदै गयो किनकी यति ठुलो सफलता उनले हात पारेकी थिइन् । हुनत उनले धरानमानै रहँदा गुरु भोला राईसँग सारेगमपको शिक्षा हासिल गरिसकेकी थिइन् यति सम्मकि विहान् ११ बजेबाट गीत गाउन बसेको मान्छे बेलुका भएको पत्तै नपाउने त्यस्ता दिनहरु पनि थिए प्रश्नाका बच्चा बेलामा तर जब काठमाडौंको औपचारीक बसाई सुरुवात गरिन् त्यसपछि पनि उनले विभिन्न संगीतविद्यालयहरुमा गएर आफूलाई संगीतको सिकाईबाट टाठा कहिल्यै राखिनन् । पछि फेरी उनले पद्यमकन्या क्याम्पसमा संगीत विषयलाई लिएर स्नातक सम्मको उपाधी हासिल गरिन् ।

 जब आफूलाई कसैले एउटा रुवाउने गीत गाउ भनेर दिएको निर्देशनमा कसरी गाउने होला भनेर अध्याँरो कोठामा बसेर बत्ती नबाली रोएर गीत गाएको संझीएर उनी भन्छिन् त्यहि दिन र जब गीत रेकर्ड गर्ने क्रममा आफ्ना गीतहरु चर्चित हुदै जाँदै थिए त्यसबेलामा आवाजदेउ वोलको गीतले वि.सं २०६० सालमा बेष्ट भोकल पप गीतको अवार्ड पाउँदा भने धेरै खुसी भएकी थिए । अवार्डमा प्रश्ना साख्य भनेर नाम आयो म त बेहोस जस्तै भएछु कसरी अवार्ड समाए के–के बोले केहि पत्तै पाईन ।

सानो उमेरमा नाच्ने तर गाउन जलाउने प्रश्ना ठुली भएपछि नाच्न लाज लाग्यो अनि गाउँन थाले तर जे जस्तो भएपनि म संगीतमानै थिए र संगीतबाट टाढा बस्न कहिल्यै सक्दिन यसै भन्ने गर्छिन् उनी । आफू भागी भागी नाच्न गाउन हिडेका ति दिनहरु, र विभिन्न समस्या र चुनौतिहरुलाई ओझेरमा राख्दै आफ्नो परिवारको सपोर्ट होसल्ला र दर्शकस्रोताको स्वावासी र  तालीले उनलाई सांगीतिक आकाशको एउटा चम्किलो ताराको रुपमा स्थापित गरिसकेको छ । आफूमा गाउनसक्ने प्रतिभा छ र यस्लाई पुरा गरेरै छाड्छु भनेर उनले जसरी आफ्नो गन्तव्यलाई कहिल्यै नभुलीकन निरन्तर संघर्षमा लागि परेर रहिन् हो यसरीनै जो कोहीले पनि आफ्नो यच्छा र सपनालाई पुरा गर्नका लागि निरन्तर यसरीनै साधनारत रहने हो भने असम्भव सायद केहिरहने छैन । आजसम्म राष्ट्रिय, बालगीत, आधुनिक, पपगीत लगायत गरि २०० को हाराहारीमा गीत गाईसकेकी प्राश्ना शाख्य साच्चैनै संगीतिक क्षेत्रकी एक सफल र उदाहरणीय व्यक्तित्व बन्न सफल भएकी छिन् । 

Comments

Post a Comment

Popular posts from this blog

यो केटोत कलाकार हुन्छ की के हो

गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ्यो रे यो केटोत कलाकार हुन्छ की के हो !! आमा विष्णुमाया र बुवा विष्णुहरी कार्कीको कान्छो सुपुत्रको रुपमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुञ्ज नगरपालीका चुचुले वडा नम्बर ४ मा वि.सं २०२२ साल माघ ६ गते  जन्म भएको हो चर्चित गायक आनन्द कार्कीको । जमिनदार हजुरबुबाभएका कारण आफ्नो घर परिवार त्यस समयको सम्पन्न परिवारमानै परिचित थियो । तर हजुरबुवाले पहिलो श्रीमती बितेपछि गरेको अर्को अन्तरजातीय विवाहबाट जन्मिनुभएको रे आनन्द कार्कीका बुवा । बुवा विष्णुबहादुर कार्कीका पनि पहिलो र दोस्रो श्रीमती बितेपछि तेस्रो श्रीमतीको रुपमा रहेकी कार्कीकी आमा विष्णुमाया का सात जना सन्तानहरुमध्येमा ३ दाजुभाई र ४ दिदीबहिनी मध्येमा एक जना बितेपछि जम्मा ८ जनाको परिवार थियो आनन्द कार्कीको घरमा । गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ...

‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’

लेखक, इतिहास तथा संस्कृतिविद्  सताब्दीपुरुष सत्यमोहन जोशीको  ‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’ 

Variable Declaration & Initialization in C Programming Language

✍ Nirajan Guragain This is the first time i am writing the C program. And in the following simple program i want to describe the variable declaration and initialization. In short Variable: Generally, Variable is value changed during the execution of the time. But in the C program it is a named data storage location in your computer's memory.  Variable Declaration: Variable Declaration is the linking the program with the data type and name that should be easily identified file name, block code to the compiler. Initialization: Set the value at the time of calculation is called initialization. Example: