Skip to main content

"नेपाली हामी रहौला कहाँ नेपालै" नरहे राष्ट्रकवि माधवप्रसाद घिमीरे -हार्दिक श्रद्धाञ्जली!!


 
👉 साहित्य




नेपाली साहित्यका क्षेत्रमा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार माधवप्रसाद घिमीरेको शब्दहरु:

तराई हाम्रो सुनको टुक्रा, हिमाल हिराको
माटो र पानी पहेलो घाँम धर्तीका छोराको
ए कहाँबाट संसार हेर्छौ संम्झनै नरहे ।
नेपाली हामी रहौला कहाँ नेपालै नरहे

वि.सं. १९७६ साल असोज ७ गते लमजुङ् जिल्लाको पुस्तुन गाँउमा जन्मिएका हुन् नेपाली साहित्यकार माधवप्रसाद घिमीरे ।   आफू जन्मिएर तीन वर्षको हुदाँ उनले आफ्नी आमालाई गुमाउनुपरेपनि उनी सानै उमेरबाटनै लेखन क्षेत्रमा रुची रहेकाले निरन्तर रुपमा बच्चा बेलादेखिनै उनी नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्ध जस्ता अनेकौं विधा –उपविधाहरुमा निरन्तर कलम चलाउने गर्थे ।

कलिलै उमेरमा आमाको मायाबाट टुहुरो बन्नु परेकाले उनले आफ्नो आमाको स्नेहको रुपमानै साहित्यलाई रोज्न पुगे । आफू ६ वर्षको उमेर हुदाँ अक्षर चिनेका उनले ८ देखी ९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे भने ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे ।

त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे ।  घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन् ।

वि.सं.१९९२ मा घिमिरेले १४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकको रचनालाई गोरखापत्रमा पहिलो पटक छपाएर काव्य सिर्जनामा प्रवेश गरे गरेका हुन् । पछि २००५ सालमा भने गोरखापत्रमै सह–सम्पादकको जागिरे पनि भएका थिए । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषद्बाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे । त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य बनेर रहे।

आफूलाई साहित्यका क्षेत्रमा समर्पित गर्दै आएका साहित्यकार माधव घिमिरले वि.सं. २००४ सालमा आफ्नी जीवनसंगिनी गौरीलाई पनि आफ्नो संम्झनामा मात्र सिमीत राख्नु प¥यो । त्यहि पत्नी शोकमा परेर उनले गौरी नामक शोककाव्यको रचना समेत गरे । उक्त काव्य साझा प्रकाशनले वि सं २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशिर्षकमा लेखिएका कविताहरू संग्रहित रहेका छन् ।

जीवनमा आफ्नी आमा र पत्नी दुबैलाई गुमाउनुप¥यो उनले र आफ्नो जीवनको भरपर्दो सहयात्रीनै साहित्य बन्न पुग्यो ।  नेपाली साहित्यका बहुमुखी प्रतिभाशाली व्यक्तित्व घिमिरेले थुप्रै गीतहरुको जन्म दिएका छन् । जसमा चर्चित राष्ट्रिय गीत ’गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का अन्य चर्चित गीत हरूमा ’फूलको थुङ्गा बगेर गयो’ स्वरकिन्नरी तारादेवी को स्वरमा रहेको छ भने  तथा ’आजै र राति के देखे सपना’ स्वरसम्राट नारायण गोपाल लगायत रहेका छन् । त्यसैक्रममा उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे ।

घिमीरेको काविक यात्राको पहिलो कृति भने नव मञ्जरी वि.सं. १९९४ सालमा प्रकाशित भएपछिको यात्रा निरन्तर रहेको छ । गौरी राष्ट्रकवि माधव घिमिरेद्वारा ले हो खिएको शोककाव्य हो । थुप्रै मानसम्मानबाट सम्मानित राष्ट्रकवि घिमीरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो । उनलाई वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट पनि सम्मानित गरिएको छ ।

प्रकृतिका अनेकन विविध पक्ष हरुलाई आफ्ना जिवन्त रचना हरुमा समावेश गर्दै जिवनलाईनै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाईहरु दिर्घसाधनाले भरिएका छन् । उनले १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाएका थिए । उनका नवमञ्जरी (१९९४), घामपानी (२०१०), नयाँ नेपाल (२०१३), किन्नर– किन्नरी (२०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित रहेका छन् ।

अलबिदा - माधवप्रसाद घिमीरे ज्यू (2077-05-02)
हार्दिक श्रद्धाञ्जली!!







Comments

Popular posts from this blog

यो केटोत कलाकार हुन्छ की के हो

गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ्यो रे यो केटोत कलाकार हुन्छ की के हो !! आमा विष्णुमाया र बुवा विष्णुहरी कार्कीको कान्छो सुपुत्रको रुपमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुञ्ज नगरपालीका चुचुले वडा नम्बर ४ मा वि.सं २०२२ साल माघ ६ गते  जन्म भएको हो चर्चित गायक आनन्द कार्कीको । जमिनदार हजुरबुबाभएका कारण आफ्नो घर परिवार त्यस समयको सम्पन्न परिवारमानै परिचित थियो । तर हजुरबुवाले पहिलो श्रीमती बितेपछि गरेको अर्को अन्तरजातीय विवाहबाट जन्मिनुभएको रे आनन्द कार्कीका बुवा । बुवा विष्णुबहादुर कार्कीका पनि पहिलो र दोस्रो श्रीमती बितेपछि तेस्रो श्रीमतीको रुपमा रहेकी कार्कीकी आमा विष्णुमाया का सात जना सन्तानहरुमध्येमा ३ दाजुभाई र ४ दिदीबहिनी मध्येमा एक जना बितेपछि जम्मा ८ जनाको परिवार थियो आनन्द कार्कीको घरमा । गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ...

‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’

लेखक, इतिहास तथा संस्कृतिविद्  सताब्दीपुरुष सत्यमोहन जोशीको  ‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’ 

Variable Declaration & Initialization in C Programming Language

✍ Nirajan Guragain This is the first time i am writing the C program. And in the following simple program i want to describe the variable declaration and initialization. In short Variable: Generally, Variable is value changed during the execution of the time. But in the C program it is a named data storage location in your computer's memory.  Variable Declaration: Variable Declaration is the linking the program with the data type and name that should be easily identified file name, block code to the compiler. Initialization: Set the value at the time of calculation is called initialization. Example: