Skip to main content

"म एक दिन पनि संगीत बाट टाढा बस्न सक्दिन" गायक तथा संगीतकार डेनी निरौला

       

👉 संगीत क्षेत्रका कुरा 



भनिन्छ,
सोच बदल्नुस खुशी आफै मिल्छ,
स्वभाव बदल्नुस इज्जत आफै मिल्छ
कसैको पाउमा पर्न जरुरी छैन,
बाटो सहि रोज्नुहोस् गन्तव्य आफै मिल्छ ।

ठ्याक्कै यही कुरा होला आदर्श ब्यक्तिहरुमा  पाइने र उनीहरु अरुभन्दा फरक लाग्छन् ।

वि.सं २०३४ साल चैत्र २८ गते नेपालको पूर्वी पहाडी जिल्ला इलामको नाम्सालिङ्मा बुवा कोमल निरौला र आमा सरस्वती निरौलाको जेठो छोराको रुपमा जन्मिएका हुन्  चर्चित गायक तथा संगीतकार डेनी निरौला । हुनत परिवारमा सानै उमेरबाटनै सांगतिक माहोल या भनौं आफ्नो हजुरवुवा शर्मानन्ध उपाध्याय निरौला र बुवा कोमल निरौला दूबै संगीत क्षेत्रका उस्ताद भएर पनि उनी संगीतबाट टाढा भाग्न सकेनन् । यतिसम्मकी उनको बच्चा बेलामा आफ्नो खेल्ने साथी खेलाउनाको रुपमानै हारर्मोनियम र तबलालाई रोज्न पुगे ।

सानै उमेरबाटनै सरल, शान्त स्वभावका निरौलाले आफ्नो स्कुले जीवनमा कक्षा १ देखि ३ सम्म बरबोटे तोरीवारीमा रहेको श्रीदेवी स्कुलमा आफ्नो मामाघरमा बसेर अध्ययन गरे । त्यसपछि, ४ र ५ कक्षा इलाममा रहेको आदर्श स्कुलमा अधयन गरे भने फेरी ६ र ७ कक्षा इलामकै सिंहबाहिनीमा र त्यसपछिको कक्षा ८,९ र १० भने फेरी आदर्श स्कुल बाटनै उर्तिर्ण गरेका हुन् । घर परिवारमा सांगीतिक माहोल कोही गाउने कोहि बजाउने त्यसमा पनि आफ्ना बुबा हजुरबुवा सबै सँगै बसेर सांगीतिक साँझ मनाईरहदाँ पक्कैपनि त्यो साँझ त्यो बच्चा बेलाको समयलाई सम्झदाँ अझैपनि आनन्दको अनुभुति हुने गर्छ संगीतकार निरौलालाई, कुराकानीको क्रममा उनी भन्ने गर्छन् मलाई राम्रो गीत संगीत सुन्यो भने आफै मनमा झङ्कार उत्पन्न हुन्छ , म त्यसमा म सर्लक्कै डुबी हाल्छु ।


आफूलाई गायक भन्दा पनि बढी संगीतकार भन्न रुचाउने निरौलालाई आफ्नो सांगीतिक जीवनभरिमा आजसम्म पनि सम्झनामा रहिरहने एउटा बालापनको क्षण जब उनी कक्षा ४ मा अध्ययन गरिरहेका थिए । जीवनमा पहिलो पल्ट स्टेजमा पाइला टेकेको त्यो पनि कम्पिडिसनमा भाग लिएर । सोहि कम्पिडिसनमा आफ्नो भाई भिजन निरौलाले पनि भाग लिएका थिए ।  पहिलो पल्टको आफ्नो स्टेजको अनुभव त्यसमा पनि आफ्नो भाईसँग कुनै प्रतिस्पर्धामा भाग लिदाँको त्यो क्षणमा उनले आदरणीय स्वरकिन्नरी गायिका तारादेवी को स्वरमा रहेको 'स्वर्गको सुन्दर सपना फुल्ने'  बोलको गीत प्रस्तुत गरे तर त्यो गीत गाउँदा उनलाई कतिबेला आफ्नो गीत सकियो र कसरी गाए भनेर केहि थाहा नपाएको त्यो क्षण उनी आज पनि सम्झिएर आफ्नो मुहारमा मुस्कानलाई संगालिरहने गर्छन् । आफू बेहोस बनेर गाएको गीतमा पनि आफ्नो भाई प्रथम भएको र आफू द्धितीय भएको बताउछन् ।

परिवारमा सांगीतिक माहोल भएकालेनै उनले संगीतका सारेगमप को शिक्षा आफ्ना बुबा र हजरबुवाबाट टपक्कै टिपीहाले । हुनत उनी सानै उमेर बाटनै आफ्नो परिवारमा पाएको सपोर्ट र सांगीतिक माहोलले विभिन्न कम्पिडीसनहरुमा भाग लिन या भनौ संगीतकै सिलसिलामा काठमाडौं आइरहने गर्थे । तर जब उनले एस.एल.सी परिक्षा उर्तिण गरे त्यसपछि वि.सं २०५३ सालमा उच्च  शिक्षा अध्ययनका साथै संगीत क्षेत्रलाई अझै विस्तार गर्दै लाने सोचमा उनले काठमाडौं बसाई सुरु गरे ।

त्यस समयमा पनि संगीतलाई पेसा बनाएर लान्छु भनेर यसै क्षेत्रमा मात्र आफूलाई समर्पित गर्दै आएका संगीतकार डेनी निरौला जब काठमाडौं भित्रिए तब उनले आरआर क्याम्पसमा संगीत विषयलाईनै लिएर स्नातक अध्ययन गर्न थाले पछि फेरी उनले ललितकलामा आफ्नो अध्ययनलाई स्थानान्तरण गरी संगीत विषयमा स्नातक तहको उपाधि हासिल गरे । हुनत सानै उमेर बाटनै संगीत भनेपछि मरिहत्ते गर्ने उनी काठमाडौंमा बसोबासको सुरुवात गर्नुं अगाडीनै जिल्लाको प्रतिनिधीत्व गर्दे काठमाडौं लगायत अन्य विभिन्न ठाउँहरुमा विभिन्न प्रकारका प्रतिस्पर्धाहरुमा भाग लिने गर्थे । त्यसै क्रममा विभिन्न प्रतिस्पर्धाहरुमा सफलता हासिल गर्दै उनको यात्रा झनै फस्टाएर गयो । उनी काठमाडौंमा रहेर विभिन्न प्रतिस्पर्धामा सहभागी हुदै, विभिन्न उपाधी हासिल गर्दै आफ्नो संगीतिक यात्रालाई अगाडी बढाउदै आएका थिए । जस्तोसुकै प्रतिस्पर्धामा पनि कहिल्यै नथाक्ने उनी रेडियो नेपालको स्वर परिक्षा वि.सं २०५५ सालमा उर्तिण गरे । त्यसपछिको उनको सांगीतिक करियर झनै मौलाउदै गयो । त्यसपछि उनी अन्य विभिन्न प्रतिस्पर्धाहरुमा भाग लिदै निरन्तर आफ्नो संगीतको यात्रा जारी राखिरहे । यसै क्रममा उनले वि.सं २०५६सालमा रेडियो नेपालको  ५१ औ बार्पिक उत्सवको अवसरमा आयोजित आधुनिक गीत प्रतियोगीतामा आफ्नो संगीतमा ५ वटा गीतलाई सहभागी गराएका थिए जसमा उनको एउटा गीतले प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने अन्य चार वटा गीत टप टेनमा परेका थिए । यो सफलता उनको पहिला ४ पटक सम्मको असफलता पछिको एक हो या भनौ उनले यो भन्दा अगाडी चार पटकसम्म रेडियो नेपालको कम्पिडीसनमा सहभागीता जनाएका थिए तर उनको संगीत छनोटमा परेन ।

इलाममा जन्मी हुर्की संगीतमा आफ्नो भविष्यलाई खोजी गर्दै काठमाडौंलाई आफ्नो कर्मथलो बनाएर निरन्तर मेहनत र संघर्षमा लागि परिरहेका संगीतकार निरौला वि. स. २०६४ सालमा नेपालको पूर्वी तराई जिल्ला झापामा घर भएकी सविता नेपाल( निरौला) सँग विवाह बन्धनमा बाधिन पुगे । उनी पनि संगीतप्रेमी भएकाले आफ्नो सांगीतिक जीवनमा झनै साथ र सर्पोर्ट पुगेको उनी बताउने गर्छन् । नेपाली गीत संगीतमा नेपालीपना र शास्त्रीय संगीतको पहिचान नहराओस् भन्ने सोचाई राखेर सदैव संगीतको विकासमा लागि परिरहने निरौला, आजसम्म संगीतले जति आफुलाई खुसी दियो सायद त्यो खुसी अरु केहीमा नपाइने बताउछन् । उनी
नसक्ने बनेका छन् । उनी हाल विभिन्न संगीत विद्यालयहरुमा संगीत शिक्षकको साथै विभिन्न आधुनिक गीत कम्पोज गरेर आफ्नो दिनचर्या विताउने गर्छन् । उनले आफ्नो पेसानै संगीतलाई बनाएका छन् । आजसम्म तीन सय भन्दा बढी गीतमा संगीत दिइसकेका डेनी निरौलाको परिवारमा एक भाई भिजन निरौला र एक बहिनी झुमा निरौला पनि संगीत क्षेत्रमानै आबद्ध रहेका छन् भने उनका दुई छोराहरु १० वर्षका सुयोग र ८ वर्षका सुभम् निरौला पनि संगीतबाट अछुतो रहेका छैनन् ।

संगीतले मानिसलाई मनोरञ्जन मात्र प्रदान नगरी अनुशासन र भावानात्मकता जस्ता कुराहरुलाई पनि आफ्नो जीवनमा समाहित गराउँछ भनेर परिभापित गर्न चाहने डेनी निरौला एकदमै मिलनसार सहयोगी र घमण्डको त झनै नाम निसाना नरहेका व्यक्तित्व हुन् ।














Comments

Post a Comment

Popular posts from this blog

यो केटोत कलाकार हुन्छ की के हो

गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ्यो रे यो केटोत कलाकार हुन्छ की के हो !! आमा विष्णुमाया र बुवा विष्णुहरी कार्कीको कान्छो सुपुत्रको रुपमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुञ्ज नगरपालीका चुचुले वडा नम्बर ४ मा वि.सं २०२२ साल माघ ६ गते  जन्म भएको हो चर्चित गायक आनन्द कार्कीको । जमिनदार हजुरबुबाभएका कारण आफ्नो घर परिवार त्यस समयको सम्पन्न परिवारमानै परिचित थियो । तर हजुरबुवाले पहिलो श्रीमती बितेपछि गरेको अर्को अन्तरजातीय विवाहबाट जन्मिनुभएको रे आनन्द कार्कीका बुवा । बुवा विष्णुबहादुर कार्कीका पनि पहिलो र दोस्रो श्रीमती बितेपछि तेस्रो श्रीमतीको रुपमा रहेकी कार्कीकी आमा विष्णुमाया का सात जना सन्तानहरुमध्येमा ३ दाजुभाई र ४ दिदीबहिनी मध्येमा एक जना बितेपछि जम्मा ८ जनाको परिवार थियो आनन्द कार्कीको घरमा । गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ...

‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’

लेखक, इतिहास तथा संस्कृतिविद्  सताब्दीपुरुष सत्यमोहन जोशीको  ‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’ 

Variable Declaration & Initialization in C Programming Language

✍ Nirajan Guragain This is the first time i am writing the C program. And in the following simple program i want to describe the variable declaration and initialization. In short Variable: Generally, Variable is value changed during the execution of the time. But in the C program it is a named data storage location in your computer's memory.  Variable Declaration: Variable Declaration is the linking the program with the data type and name that should be easily identified file name, block code to the compiler. Initialization: Set the value at the time of calculation is called initialization. Example: