Skip to main content

यो केटोत कलाकार हुन्छ की के हो

गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ्यो रे यो केटोत कलाकार हुन्छ की के हो !!


आमा विष्णुमाया र बुवा विष्णुहरी कार्कीको कान्छो सुपुत्रको रुपमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुञ्ज नगरपालीका चुचुले वडा नम्बर ४ मा वि.सं २०२२ साल माघ ६ गते  जन्म भएको हो चर्चित गायक आनन्द कार्कीको । जमिनदार हजुरबुबाभएका कारण आफ्नो घर परिवार त्यस समयको सम्पन्न परिवारमानै परिचित थियो । तर हजुरबुवाले पहिलो श्रीमती बितेपछि गरेको
अर्को अन्तरजातीय विवाहबाट जन्मिनुभएको रे आनन्द कार्कीका बुवा । बुवा विष्णुबहादुर कार्कीका पनि पहिलो र दोस्रो श्रीमती बितेपछि तेस्रो श्रीमतीको रुपमा रहेकी कार्कीकी आमा विष्णुमाया का सात जना सन्तानहरुमध्येमा ३ दाजुभाई र ४ दिदीबहिनी मध्येमा एक जना बितेपछि जम्मा ८ जनाको परिवार थियो आनन्द कार्कीको घरमा । गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ्यो रे यो केटोत कलाकार हुन्छ की के हो ।

समयबित्दै जाँदा आनन्दका वुवा आफुपनि केही गरौ भन्ने भावनाका साथ त्यस बेलाको समयमा विशेष गरि नेपाली युवाहरु इन्डिया जाने चलन उहाँपनि जानुभएछ र पछि इण्डियन आर्मीमा जागिरे भएसँगै बुबासँग ६ वर्षको उमेरमा लखनउ छिरेका थिए आनन्द कार्की पनि र त्यहीँ रहेको मानक नगर विद्यालयमा औपचारिक शिक्षा समेत लिन सुरु गरे कार्कीले । बच्चा बेलादेखिनै गीत गाँउन भनेपछि हुरुक्क हुने कार्कीलाई परिवारमा बुवाको सपोर्ट भने जीवनमा कहिल्यै पनि पाएनन् रे कुराकानीको क्रममा उनी भन्ने गर्छन् गीत गाएर के गर्नु पढ्नुपर्छ पी.एच.डी गर्नुपर्छ डाक्टर बन्नुपर्छ भनेर जहिल्यै पनि भन्ने गरेको कुराकानीको क्रममा उनी यसरी बताउछन्  । 

जीवनमा गीतसंगीत क्षेत्रमा कहिल्यै आफ्नो बुवाबाट सपोर्ट पाएनन् गायक आनन्द कार्कीले सधैभरी यहि कुरामा चिन्ता लाग्ने गथ्यो रे त्यस बेलामा उनलाई जब उनी लखनउमा पुगरे संगीतमा लाग्न पाउँदैनथिए । लुकूलुकी गाउँने गर्थे रे । इन्डियामा रहेर त्यहिको मानक विद्यालयमा पढ्दै गर्दा उनी हेर्दा मोटो घाटो मान्छे साथीहरुले डाल्डा घिउ सोचेर डाल्डा उपनाम राखिदिएका थिए रे । स्कुलमा साथीहरुको माझमा मज्जाले गीत गाँउथे आनन्दले जस्लाई गीत सुनाउथे त्यो व्यक्ति उनको फ्यान भईहाल्थे रे उनी कुराकानीको क्रममा भन्ने गर्छन् । त्यसैवीचमा धेरै प्रतियोगितामा भाग लिदैँ उनी विभिन्न उपाधिहरु पनि हासिल गर्थे रे उनी । मन मुटुमा संगीतको भुत चढेको थियो रे उनको अरु केही कुरामा पनि मन गएन चाँहे कसैले सपोर्ट गरोस या नगरोस निरन्तर लागिरहे एकदिन सफल लबनेरै छाड्छु भनेर । अहिले पनि उनी दुख व्यक्त गर्छन् की मैले आजको दिनमा आईपुग्दा श्रीमतीको साथ त भयो तर संगीत क्षेत्रको लागी कसैबाट पनि सपोर्ट पाईन र सपोर्ट गरुन कसैले भनेर भिख पनि मागिन चाहे यसलाई घमण्ड सोचेपनि या स्वभाव सोचेपनि याभनौं अरुसगँ सहायता माग्ने मेरो बानी छैन । 

जे जस्तो भएपनि संगीतबाट टाढा भाग्न सकेनन् उनी समयबित्दै जादाँ लखनउमै संगीत पनि सिक्न थाले उनले विषारदसम्मको शिक्षालिएका कार्कीले इन्टरमिडियटसम्मको अध्ययन पनि उतै गरेका हुन् । शास्त्रीय संगीतको शिक्षा लिएँसँगै उनले विभिन्न हिन्दी तथा नेपाली गीतमा स्वर दिन थाले । लखनउको भातखण्डे संगीत महाविद्यालयमा उनले संगीत शिक्षा लिएका हुन् भने मुम्बईमा पनि संगीतको शिक्षा हासिल गरेका उनले आफ्नो गायन कलालाई निखार्दै लगे । संगीत सिक्न उनी ६५ डिग्रीको गर्मीमा पैसा हुँदा गाडिमा त कहिले हिड्दै जाने गर्थे रे उनी हाँस्दै भन्छन् कहिलेकाहीत त्यहिको सहचालकसँग कुरा गरेर भाडा मिलाईहाल्थे । 

त्यसपछि को समय जब उनी १३ वर्षका थिए । कक्षा ८ मा पढ्दै थिए । त्यहि समयमा उनको बुवा आर्मीबाट रिटायर भएसँगै उनलाई पनि बुवासँगै घरजानलाई भनेपछि  सबैभन्दा ठुलो दुखमा परेको महसुस गरेको उनी बताउछन् । यती दुखी भएको थिए की मेरो सपना चाहना र एकमात्र उदेश्यनै संगीत थियो यसै क्षेत्रमा केही गरौं भन्ने सोच थियो तर यहि क्षेत्रबाट टाढा भएर बुवासँग घर फर्कनु थियो । यति धेरै रोए की कहिले घर पुगे पत्तै पाईन ।  

आफ्नो सम्पूर्ण तन मन मात्र संगीतमा थियो गायक आनन्दको तर जब उनी १३ वर्षको उमेरमा थिए त्यसबेला लखनउबाट सोलुखुम्बु घरमा गएका आनन्दलाई उनका बुवाले मास्टर हुनुपर्छ अब भनेर गाउँकै स्कुलमा शिक्षकको काममा लगाईदिएपछि उनी स्कुल पढाउनलाईत जान्थे तर मन भने संगीतबाट कहिल्यै टाढा जान सकेन स्कुल गएर आएपछिको समयमा विहान बेलुका उनी विभिन्न श्रष्टाका गीतहरु सुनेर गुनगुनाउदै बस्ने गर्थे रे । छ महिना सम्म त उनले जसो तसो गाउँको स्कुलमा आफ्ना बुवाको सल्लाह बमोजिम पठाए तर आफुलाई गीत संगीत बाहेक अन्य क्षेत्रमा कहिल्यै पनि सहजताको महसुस गरेनन् या भनौं उनले संगीतलाई अब एक पल पनि आफ्नो जीवनबाट टाढा राख्न नसक्ने भए । उनी भन्छन् स्कुल पढाउन थालेको म छ महिनामै स्कुल छाडेर काकालाई भेट्न जाने निहुमा लागे काठमाडौंतिर ।

स्कुल छाडेर जसोतसो काठमान्डौंमा आईपुगेका कार्कीले त्यसपछि आफूलाई पूर्ण रुपमानै संगीत क्षेत्रमा आबद्ध गराउन थाले उनले विभिन्न प्रतिस्पर्धाहरुमा गीत गाउँन थाले जब उनले स्टेजमा कुनै गीत गाउँथे उनको गीत सुनेर जो कोहि मन्त्रमुग्ध भईहाल्थियो रे उनी कुराकानीको क्रममा भन्ने गर्छन् । राजा रानी देखि सबैको मनमस्तिस्कमा बस्न सफल बने उनी सानै उमेरमा । त्यसै समयमा उनले रेडियो नेपालमा स्वर परिक्षा दिदाँ सफल हुन सकेनन् रे तर जब उनले गाएको गीत रानीले एकदमै मन पराइन् त्यसपछि उनले वि.सं २०४२ सालमा पुनः रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका थिए रे कार्कीले भन्छन् नेपाल टेलिभिजन संगै स्थापित हुन पुग्यो मेरो पनि संगीत यात्रा, त्यहिसमयदेखिको संगीत यात्रा आज पनि जारी छ  । बच्चा देखि नै रुची गीत गाउनमै थियो गायक आनन्द कार्कीको । स्कुलमा आयोजित ट्यालेन्ट सो कार्यक्रममा कसैले नाचेर, कसैले गाएर, त कसैले कविता वाचन गरेर आफ्नो प्रतिभा देखाउँदा  कार्की पनि गीत गाएर आफ्नो प्रतिभा देखाउने गर्थे । किशोर कुमारको गीत गाउँदा साथीहरु तथा गुरुवर्ग सबैको वाही वाही पाएकोलेनै निरन्तर गीत गाउन थालें रे उनीे  कुराकानीको क्रममा भन्ने गर्छन् । भाईले गीत गाउँनमा धेरै रुची देखाएकाले उनले दाईको सल्लाहमा सिकेर गाउने सोच बनाएर पढ्दै बढ्दै जाँदा सिकाई सुरु गरे उनले । प्रोगाममा सहभागी हुँदै गए, अनि १५ वर्षको उमेरमा प्रोगाम लिएर काठमाडौं आएका थिएरे । फेरि १७ वर्षको उमेरमा एक महिने प्रोगाममा पनि प्रस्तुति दिए । त्यसपछि एभरेस्ट सेराटन होटलमा गजलको लागि भ्याकेन्सी आउट गरेकाले आवेदन दिएसँगै सेलेक्ट भएर एक वर्षको लागि हेरौं के हुन्छ अनि सोचौंला भनेर सुरु गरेको जागिरलाई निरन्तरता दिए । त्यसपछि उनलाई आफ्नै देशमा बसेर आफूले जानेको काम गर्न इण्डिया फर्केर जान मन लागेन रे ।  

आफुले गाएको गीत पहिलो पल्ट सुन्दा लागेको खुसी या भनौ समग्रमा संगीतबाट पाएको खुसी जीवनमा खुसी ल्याउने पलहरुमा पर्ने गर्छन् भनेर आफूलाई संगीतले सम्पूर्ण खुसी दिएको बताउछन् उनी । परिवारमा आफ्नो बुवाको सपोर्ट नपाउँदा दुखी बनेका आनन्दले एकदिन आफुले गीत गाउँदै गर्दा गीत सकिने बेलामा अगाडि बुवालाई देखेका थिएरे आफुलाई भ्रम परेको होकि भनेर सोध्दा बुवा आएको खबर सुनेर सारै खुसी भएको उनी बताउछन् । संगीतले खुसी धेरै दियो उनलाई तर त्यो खुसी भित्र धेरै पिडाहरुपनि लुकेका छन् यतिसम्मकी स्टेजमा बसेर गीत गाईरहेको बेलामा आफ्नु बुवा वितेको खबर कानमा परेपनि त्यो पिडालाई लुकाएर गीत गाउँन बाध्य हुनुपर्ने कलाकारको जीवन उनी दुखी हुन्छन् ।  

गायक आनन्द कार्कीले शक्ति बल्लभको संगीतमा ‘जीवनमा धेरै खोला तर्नु छ’ बोलको गीत पहिलो पटक ल्याएका थिए । सन् १९९९ मा लन्डनमा भएको इन्टरनेशनल सारेगम अन्तरीक्षको उपाधिसमेत हात पारेका कार्कीले विभिन्न देशमा गएर आफ्नो प्रस्तुतिसमेत दिइसकेका छन् । त्यस्तै छिन्नलता पुरस्कार १९९७ र २००९, प्रबल गोर्खा दक्षिण बाहु जस्ता दर्जनौं पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । नेपाली सांगीतिक दुनियाँमा करिब ३ दशक समर्पित भैसकेका कार्कीले करिब ३ हजारभन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका छन् ।

Comments

Popular posts from this blog

‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’

लेखक, इतिहास तथा संस्कृतिविद्  सताब्दीपुरुष सत्यमोहन जोशीको  ‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’ 

"नेपाली हामी रहौला कहाँ नेपालै" नरहे राष्ट्रकवि माधवप्रसाद घिमीरे -हार्दिक श्रद्धाञ्जली!!

  👉 साहित्य नेपाली साहित्यका क्षेत्रमा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार माधवप्रसाद घिमीरेको शब्दहरु: तराई हाम्रो सुनको टुक्रा, हिमाल हिराको माटो र पानी पहेलो घाँम धर्तीका छोराको ए कहाँबाट संसार हेर्छौ संम्झनै नरहे । नेपाली हामी रहौला कहाँ नेपालै नरहे वि.सं. १९७६ साल असोज ७ गते लमजुङ् जिल्लाको पुस्तुन गाँउमा जन्मिएका हुन् नेपाली साहित्यकार माधवप्रसाद घिमीरे ।   आफू जन्मिएर तीन वर्षको हुदाँ उनले आफ्नी आमालाई गुमाउनुपरेपनि उनी सानै उमेरबाटनै लेखन क्षेत्रमा रुची रहेकाले निरन्तर रुपमा बच्चा बेलादेखिनै उनी नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्ध जस्ता अनेकौं विधा –उपविधाहरुमा निरन्तर कलम चलाउने गर्थे । कलिलै उमेरमा आमाको मायाबाट टुहुरो बन्नु परेकाले उनले आफ्नो आमाको स्नेहको रुपमानै साहित्यलाई रोज्न पुगे । आफू ६ वर्षको उमेर हुदाँ अक्षर चिनेका उनले ८ देखी ९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे भने ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै

करिब ३ सय रुपैयाँ बोकेर काठमाडौंमा आएका गायक तथा संगीतकार शिशिर योगी

दु:ख गर्न कहिल्यै नछोड्नु, किनकी आफूले गरेको प्रत्येक दुखमा एउटा सानो या ठुलो सुख लुकेको हुन्छ । सामान्य र सरल जीवनलाई देखेर जो कोहिले उहाँभित्रको गहनता र बिशिष्टतालाई पहिल्याउन गाह्रै पर्छ । आमा मायादेवी र बुवा यामनाथ योगीका माईला छोराको रुपमा राप्ती अञ्चलको दाङस्थित लमही नगरपालिकाको बलरामपुर गाउँमा वि.सं २०२७ साल फाल्गुन २६ गते जन्मिएका हुन् चर्चित गायक तथा संगीतकार शिशिर योगी । परिवारमा दुई भाई मा आफू माईलो सन्तान र तिन बहिनी गरि सात जनाको परिवार थियो शिशिर योगीको । हुनत उनको जन्म भन्दा पहिला दुई सन्तानहरुलाई आफ्ना आमा बुबाले गुमाउनु प¥यो अरे उनले कुराकानीको क्रममा बताउने गर्छन् । गायक तथा संगीतकार शिशिर योगी, संगीतका योगी या भनौ उनले जन्मेको केही वर्षपछि नै जानी नजानी संगीतको योग शुरू गरे र यो योग गर्दागर्दै उनी अहिले संगीतकै योगी बनेका छन् । संगीत उनका लागि योग साबित भएको छ । सम्पन्न परिवारमा जन्मिएका शिशिर चौधरी समाजका साथीसँगीसँग हुर्कंदै जाँदा संगीतको योग शुरू गरे । स्थानिय चौधरी समुदायले माघी पर्व मनाउँदा शिशिर उनीहरूसँग भिज्दै गए । बाल्यकालदेखि नै संगीतको लत लागेका