गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ्यो रे यो केटोत कलाकार हुन्छ की के हो !! आमा विष्णुमाया र बुवा विष्णुहरी कार्कीको कान्छो सुपुत्रको रुपमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुञ्ज नगरपालीका चुचुले वडा नम्बर ४ मा वि.सं २०२२ साल माघ ६ गते जन्म भएको हो चर्चित गायक आनन्द कार्कीको । जमिनदार हजुरबुबाभएका कारण आफ्नो घर परिवार त्यस समयको सम्पन्न परिवारमानै परिचित थियो । तर हजुरबुवाले पहिलो श्रीमती बितेपछि गरेको अर्को अन्तरजातीय विवाहबाट जन्मिनुभएको रे आनन्द कार्कीका बुवा । बुवा विष्णुबहादुर कार्कीका पनि पहिलो र दोस्रो श्रीमती बितेपछि तेस्रो श्रीमतीको रुपमा रहेकी कार्कीकी आमा विष्णुमाया का सात जना सन्तानहरुमध्येमा ३ दाजुभाई र ४ दिदीबहिनी मध्येमा एक जना बितेपछि जम्मा ८ जनाको परिवार थियो आनन्द कार्कीको घरमा । गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ...
"सफल गायिका बन्न पुग्नुमा त्यसको प्रमुख श्र्रेय बुबाबाट पाएको प्रोत्साहननै एक प्रमुख कारण हो " गायिका रजिना रिमाल
उनको बाल्यकाल काठमाडौंमा बित्यो र उनले आफ्नो घर नजिकको स्कूलमा कक्षा १ सम्म अध्ययन गरिन् ✍ सिर्जना गुरागाँई आमा पद्मीनी रिमाल र बुबा रविन रिमालको माहिली छोरीको रुपमा वि.स. २०४९ साल असार ४ गते काठमाडौं डिल्लीबजार कालिकास्थानमा जन्मिएकी हुन् चर्चित आधुनीक गायिका रजिना रिमाल । सानै उमेरदेखिनै परिवारमा सांगीतिक माहोल आफ्नै बुबा रविन रिमाल पनि संगीत क्षेत्रमा आबद्ध रहेका व्यक्ति हुनाले रजिना पनि संगीतिक क्षेत्रबाट अछुतो रहन सकिनन् । उनलाई संगीतले छोईहाल्यो । उनको बाल्यकाल काठमाडौंमा बित्यो र उनले आफ्नो घर नजिकको स्कूलमा कक्षा १ सम्म अध्ययन गरिन् । उनले आउँदो दुई वर्ष ग्यालक्सी पब्लिक स्कूलमा अध्ययन गरीन् र सुर्योदय बोर्डिङ स्कूल कक्षा छ बाट भर्ना भईन् यस स्कूलमा पढ्ने बच्चाल...