नेपालको पूर्वी तराई जिल्ला धरानमा जन्मिए पनि हाल काठमाडौंलाई कर्मथलो बनाएर आफ्नो जीवनलाई संगीत क्षेत्रमा समर्पित गर्दै आएकी चर्चित गायिका हुन् प्राश्ना शाख्य । मलाई बच्चा बेलामा एकदमै नाच्न मन लाग्थ्यो र नाचेर विदेश सम्मको यात्रामा पनि गएकी थिए, तर जब म ठुलीहुँदै गए तब मलाई नाच्न अलि लाज लाग्न थाल्यो र म गीत गाउन तिर धेरैनै अग्रसर बनेर रहन थाले । हो उनी चर्चित गायिका प्रश्ना शाख्य हामीले उनलाई भेटेर कसरी संगीतलाई रोज्नुभयो भनेर सोध्दा उनले यस्तै कुरा बताईन् । घरकी जेठीको रुपमा बैशाख १४ गते जन्मीइन् प्रश्ना तर सानै उमेरमा आफ्नु बुबा आमाबाट टाढा भएर हजुरबुबा हजुरआमाको प्यारी बनेर उहाँहरुकै छत्र छायाँमा आफ्नो बाल्यकाललाई व्यतित गरिन् उनले । बुबा विनोद शाख्य र आमा सुमित्रा शाख्य अनि बहिनी म्यारी र भाई प्रज्वल शाख्य गरी पाँच जना सदस्य भएको मध्यमवर्गीय परिवार र सुखी परिवार भनेर आफ्नो परिवारलाई चिनाउन चाहन्छिन् उनी । सानै उमेरमा आफ्नो परिवारमा छोरी नभएकाले र आफु पहिलो छोरी भएकाले बुबा आमाबाट टाढा रहेर उनी हजुरबुवा हजुरबुवासँग बस्दै आईन् र उनलाई आमा बुवाको भन्दा धेरै याद आफ्नो ...