Skip to main content

"पहिलोपल्ट गीत गाँउदा बेहोस" गायक संजीव पराजुली



✍  सिर्जना गुरागाँई
   
आमा कल्पना पराजुली र बुवा नारायण पराजुलीको माईला छोराको रुपमा नेपालको पूर्वी तराई जिल्ला विराटनगरको तीनटोलिया भन्ने ठाउँमा भाद्र २७ गते हरितालिका तीजको दिन जन्मिएका हुन् गायक संजीव पराजुली । एक मध्यम वर्गीय परिवारका तीन दाजुभाई मध्येमा उनी माईलो छोरा भएकाले पनि खासै घरको काम र पारिवारीक कुराहरुमा त्यति धेरै उनी ब्यस्त रहेनन् । उनले आफ्नो स्कुले जीवन हाँसी खुसीका साथ सरस्वती माध्यमिक विद्यालयमा र ंद्द भने महेन्द्र मोरङ्बाट उर्तिण गरेका हुन् ।


परिवारमा, मामा घरमा सांगीतिक माहोल या भनौ सबैले संगीतलाई रुचाउने भएरनै होला गायक संजीव पराजुलीलाई पनि संगीतले छोइहाल्यो । उनलाई गीत गाउन परिवारले गरेको अनुरोध, र गाउँदा पाएको हौसल्ला अनि स्याबासी ले उनलाई संगीततिर झनै रुची बढ्दै गयो । उनलाई सम्झनामा सधैभरी अहिले पनि आईरहने गर्छ जब उनी स्कुले जीवनमा थिए आफु ४ कक्षामा पढ्दै गर्दा एकदिन क्लासमा गोलो घेरा बनाई उनलाई बीचमा उभ्याएर गीत गाउँन लगाइएका थियो । त्यतिबेला उनी डरले भनौ या धकले बेहोस जस्ता भएका थिए । र आँखा चिम्म गरेर गीत गाउँन थालेका संजीवले आफूले गाएको गीतको अन्त्य कतिबेला भयो र आँखा खोलेर हेर्दा गाउँन बसेको ठाउँबाट आफू बाहिर निस्कीसकेको, साथीहरुले तानेर लगिसको पत्तै नपाएको क्षण उनको सांगीतिक यात्राको सुरुवाती चरणमा कहिल्यै पनि भुल्न नसक्ने अविष्मरणीय क्षण बनेर रहेको कुरा बताउछन्।

आफ्ना बुबा बैङ्कमा सरकारी जागिरे भएकाले त्यतिधेरै आर्थिक अभावको सामना भने गर्नुपरेन गायक पराजुलीले,   तर जब उनी एस.एल.सी परिक्षा दिईसकेपछि भने आफूलाई सबैबाट गीत गाउँदा पाएको तालीले भने संगीत सिकेर केही गर्ने चाहना झनै बढ्दै गयो र उनले विराटनगरमानै रहेको स्वरसङ्गम संगीतालयमा गुरु कुशेश्वर राई सँग ७ वर्ष सम्म शास्त्रीय संगीत सिके । गुरु कुशेश्वर राई सँग संगीतको सारेगमपलाई चिनेका उनी यही समयबाट औपचारिक रुपमा आफूलाई संगीतमानै समर्पित गरेका हुन् । कुराकानीको क्रममा उनी भन्ने गर्छन्, संगीत त यस्तो रैछ कि जब यस क्षेत्रमा छिरे त्यसपछि छोड्नै सकिन यसको मायाले कहिल्यै छोड्दैन र मेरो जीवन अब संगीतबाट अलग रहन सम्भव छैन । उनी संगीतको शिक्षा सुरु गरेसँगै ग्राफिक डिजाइनिङ् एजेन्सी आफै सञ्चालन गरेर आफ्नो खुट्टामा उभिने बाटोहरु पहिल्याउन थाले । किनकी उनमा पनि संगीतलाई पेसानै बनाएर अगाडी बढ्न सकिदैन की भन्ने सानो आशंका पनि थियो । हुनत त्यस समयमा संगीतका क्षेत्रमा देखिएको चालचलन पनि उनलाई थाहानै थियो र उनी संगीतसँगै आफ्नो छुट्टै काममा पनि अग्रसर रहेर आफ्नो सपना पुरा गर्ने बाटोमा निरन्तर लागी परेर रहे ।

हुनत उनी वीराटनगरमानै बसेर संगीत सँगसँगै आफ्नो एजेन्सी सञ्चालन गरेर बसेका त थिए । यसरीनै आफ्नो जीवन निर्वाह गरिरहदाँ उनीसँगै एउटै क्लासमा पढ्ने सन्ध्या भट्टराई सँग प्रेम सम्बन्धमा परे । उनी त्यतिबेला २२ वर्षका थिए । र आफ्नो दुई वर्ष सम्मको प्रेम सम्बन्धपछि २०५७ साल असार २८ गते २४ वर्षको उमेरमा विवाह गरे । उनलाई विवाहको दिन खासै सम्झन गाह्रो हुने भएकाले यस प्रसङ्गमा अलि डराउछु भनेर  खुसी बाड्छन् उनी ।


हुनतः विराटनगरमानै रहेर आफ्ना बुवा आमाको साथमा परिवारसँग जीवन व्यतित गरिरहेका उनमा विवाहसँगै जिम्मेवारी पनि थपियो र यसरी मात्रै जीवन नचल्ने सोचेर उनी आफ्नो करियरका साथै उच्च शिक्षा आर्जनका लागी भनेर आफ्नी श्रीमती सहित काठमाडौं भित्रिए । त्यसपछि काठमाडौंमा विद्यार्थी जीवनको बसाईमा धेरै दुख सङ्घर्षका बीच आफ्नो दुई जनाको परिवारलाई चलाउदै आएका थिए । त्यसै क्रममा उनले काठमाडौंमा पनि कालिमाटीमा रहेको मञ्जुश्री संगीत महाविद्यालयमा संगीतको सिकाईलाई निरन्तरता दिईनै रहे ।  आफ्नो दुई दशक सम्मको संगीतिक जीवनमा भोगिएका जतिनै सुकै धेरै पिडा, दुखहरु भएपनि कसैसँग बाड्न नचाहने उनी त्यसलाई सामान्य रुपमा लिदै आफ्नो सांगीतिक सङ्घर्ष हैन सांगीतिक यात्रा मात्र हो भन्न रुचाउछन् ।


गायक पराजुली आफ्नो आजसम्मको संगीत याात्रलाई समग्रमा तुलना गर्दा सुखद तरिकाबाटनै आजको संजीव पराजुलीको स्थानमा आईपुगेको बताउछन् । उनी विभिन्न प्रतिस्पर्धाहरुका माध्यमबाट आफ्नो पहिचानको खोजिमा पनि लागि नपरेका होइनन् । जब उनी काठमाडौंमा भित्रीए तब नेपाली तारा पहिलो सिजनको यात्रामा सय जना मध्येबाट टप बीस बाट टप टेनमा पुगरे आउट हुदाँ भने एकदमै नरमाइलो लागेको कुरा बताउछन् । तर उनले हार भने कहिल्यै मानेनन् त्यसपछि फेरीपनि उनले रेडियो नेपालमा स्वर परिक्षा दिई उर्तिण गरेर नीरभिमको शब्द र दिपक भट्टराईको संगीतमा ‘देश हाम्रो कति राम्रो’ भन्ने राष्ट्रगीत र अर्को निरभीमको शब्द र दिपक भट्टराईकै संगीतमा ‘तिमीले खोजेको जस्तो म मान्छे रहेनछु, सबैकुराले पूर्ण भगवान् रहेनछु’ बोलको गीत गरि दुईवटा गीत रेकर्ड गर्ने अवसर पाए । उनी भन्छन्, ‘पहिलो गीतले धेरै अनुभव दियो’ यो सँगै उनको सांगीतिक जीवन झनै फस्टाएर गयो । त्यसपछि उनले आफ्नै ८,००० रुपेयाँ लगानी गरेर एउटा अर्को पनि गीत रेकर्ड गराए । त्यो दिन उनलाई पैसा खर्च गरे भन्ने नरमाइलो महसुस पनि भएको थियो तर जब गीत रेकर्ड भएपछि पहिलोपल्ट आफ्नो  गीत सुन्दा कहिल्यै पश्चाताप भएन कि मैले गल्ती गरे भनेर । केहि समयको अन्तरालमा काठमाडौंमा संगीत सँगसँगै अध्ययन र जागिरमा संम्लग्न उनका एक छोरा सुनयको जन्म भयो र यसले उनमा थप जिम्मेवारी थपियो । हाल उनका एक छोरी र एक छोरा छन् ।

परिवर्तनशील समयसँगै जुन बेला स्कुलमा साथीहरुको अगाडी गीत गाऊ भन्दा लाजले भुतुक्क हुने संजीव अब विभिन्न स्टेजहरुमा हजारौं दर्शक स्रोताको माझमा गीत गाएर आफूलाई संजीव पराजुलीको नाममा परिचित गराउन थाले । हुनत उनलाई आफ्नो घर परिवारमा सपोर्ट त थियो नभएको होइन तर पनि अलिकति संगीतलाईनै आफ्नो जीवन यापनको माध्यम बनाएर यसैमा मात्रै सिमीत हुन चाँहि पक्कै पनि गाह्रो परेकै थियो । उनले आफ्नो परिवारमा सपोर्ट पाउँदा पाउदै पनि आफुले संगीतको क्लास सुरु गर्दा फि तिर्न आफैले पैसा कमाउन परेको कुरा पनि बताउने गर्छन । त्यस्तै हास्यँस्पद कुरा उनले आफैले कमाएको पैसाबाटनै साथी दिपक भट्टराईको सहयोगमा ३००० रुपैयाँमा जोगमनीबाट हार्मोनियम किनेर घर ल्याए तर कसैलाई नदेखाईकन, र घरमा खाट मुनी लुकाएर राख्ने गर्थे उक्त हार्मोनियमलाई र त्यो कुरा उनका बुवा नारायणचन्द्रलाई थाहा नभएको उनी  बताउछन् ।

चर्चित गायक दिपक खेरलको गीत ‘प्रतिक्षा गर मेरी मायालु ’ गीतले गायक संजीव पराजुलीको जीवनमा धेरै महत्व राखेको उनी बताउछन् । काठमाडौंमा संगीत क्षेत्रलाई आत्मसाथ गर्दै अगाडी बढीरहेका संजीवलाई काठमाडौंमा मात्र आफ्नो करियर नहुने देखेर र आफ्नो परिवारको, छोराछोरीको लागि अष्ट्रेलिया जाने सोचमा थिए । यसैक्रममा आफ्नो ६ वर्षसम्मको काठमाडौं बसाईपछि अष्ट्रेलियाजाने बेला वि. सं २०६६ सालमा उनले सोहि बोलको गीत ‘प्रतिक्षा गर मेरी मायालु ,समयले मानिसलाई कहाँ कहाँ पु¥याउछ’ आफ्नो सानो छोरा र श्रीमतीको साथमा गाएका थिए । जुन गीत उनी जब विराटनगर छाडेर आफ्नो माइजुसँग काठमाडौं जाने क्रममा बाटोमा सुनेका थिए । यो गीतलाई उनी आफ्नो जीवनमा हौसल्लाको रुपमा सम्झने गर्दछन् । हुनत एक सफल व्यक्ति बन्नलाई आफ्नो मात्रै मेहनतले पुग्दैन यसमा पछाडी धेरै व्यक्तिको साथ र सपोर्ट रहेरनै सफलता प्राप्त हुन सम्भव हुन्छ । गायक पराजुलीको दुई दशकको लामो सांगीतिक यात्राको दौडमा उनले संझीने नामहरुमा गुरु कुशेश्वर राई, सानीमा ममता पौड्याल, बुवा नारायणचन्द्र पराजुली श्रीमती सन्ध्या, दाजुभाई साथीहरु दिपक भट्टराई, दाई होमनाथ न्यौपाने लगायतलाई सदैव आभारी रहेको उनी बताउछन् । दुई दशक लामो सांगीतिक जीवनले थोरै कुराहरु गुमाएको महसुस गरेपनि आफूमा खुसीको वर्षा गराएकाले र अब आफूलाई संगीतमानै समर्पित गरेको उनी बताउछन् ।









Comments

Popular posts from this blog

‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’

लेखक, इतिहास तथा संस्कृतिविद्  सताब्दीपुरुष सत्यमोहन जोशीको  ‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’ 

"नेपाली हामी रहौला कहाँ नेपालै" नरहे राष्ट्रकवि माधवप्रसाद घिमीरे -हार्दिक श्रद्धाञ्जली!!

  👉 साहित्य नेपाली साहित्यका क्षेत्रमा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार माधवप्रसाद घिमीरेको शब्दहरु: तराई हाम्रो सुनको टुक्रा, हिमाल हिराको माटो र पानी पहेलो घाँम धर्तीका छोराको ए कहाँबाट संसार हेर्छौ संम्झनै नरहे । नेपाली हामी रहौला कहाँ नेपालै नरहे वि.सं. १९७६ साल असोज ७ गते लमजुङ् जिल्लाको पुस्तुन गाँउमा जन्मिएका हुन् नेपाली साहित्यकार माधवप्रसाद घिमीरे ।   आफू जन्मिएर तीन वर्षको हुदाँ उनले आफ्नी आमालाई गुमाउनुपरेपनि उनी सानै उमेरबाटनै लेखन क्षेत्रमा रुची रहेकाले निरन्तर रुपमा बच्चा बेलादेखिनै उनी नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्ध जस्ता अनेकौं विधा –उपविधाहरुमा निरन्तर कलम चलाउने गर्थे । कलिलै उमेरमा आमाको मायाबाट टुहुरो बन्नु परेकाले उनले आफ्नो आमाको स्नेहको रुपमानै साहित्यलाई रोज्न पुगे । आफू ६ वर्षको उमेर हुदाँ अक्षर चिनेका उनले ८ देखी ९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे भने ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै

करिब ३ सय रुपैयाँ बोकेर काठमाडौंमा आएका गायक तथा संगीतकार शिशिर योगी

दु:ख गर्न कहिल्यै नछोड्नु, किनकी आफूले गरेको प्रत्येक दुखमा एउटा सानो या ठुलो सुख लुकेको हुन्छ । सामान्य र सरल जीवनलाई देखेर जो कोहिले उहाँभित्रको गहनता र बिशिष्टतालाई पहिल्याउन गाह्रै पर्छ । आमा मायादेवी र बुवा यामनाथ योगीका माईला छोराको रुपमा राप्ती अञ्चलको दाङस्थित लमही नगरपालिकाको बलरामपुर गाउँमा वि.सं २०२७ साल फाल्गुन २६ गते जन्मिएका हुन् चर्चित गायक तथा संगीतकार शिशिर योगी । परिवारमा दुई भाई मा आफू माईलो सन्तान र तिन बहिनी गरि सात जनाको परिवार थियो शिशिर योगीको । हुनत उनको जन्म भन्दा पहिला दुई सन्तानहरुलाई आफ्ना आमा बुबाले गुमाउनु प¥यो अरे उनले कुराकानीको क्रममा बताउने गर्छन् । गायक तथा संगीतकार शिशिर योगी, संगीतका योगी या भनौ उनले जन्मेको केही वर्षपछि नै जानी नजानी संगीतको योग शुरू गरे र यो योग गर्दागर्दै उनी अहिले संगीतकै योगी बनेका छन् । संगीत उनका लागि योग साबित भएको छ । सम्पन्न परिवारमा जन्मिएका शिशिर चौधरी समाजका साथीसँगीसँग हुर्कंदै जाँदा संगीतको योग शुरू गरे । स्थानिय चौधरी समुदायले माघी पर्व मनाउँदा शिशिर उनीहरूसँग भिज्दै गए । बाल्यकालदेखि नै संगीतको लत लागेका