Skip to main content

ईलामे गायक तथा संगीतकार डेनी निरौला सम्मानीत


 गायक तथा संगीतकार डेनी निरौला सम्मानीत  

✍   सिर्जना गुरागाँई


       अनुपम म्युजिक पोखराले अनुपम म्युजिक अवार्ड २०७६ को आयोजनामा अनुपम सङ्गीत सम्मान ईलामे गायक तथा संगीतकार डेनी निरौलालाई प्रदान गर्ने भएको छ ।

आफ्नो संगीतमा ३ सय भन्दा बढी गीत रेकर्ड गराएर नेपाली संगीतका क्षेत्रमा अतुलनीय योगदान पुर्याउदै  आएका निरौलालाई उक्त सम्मान प्रदान गरिने भएको हो । आगामी जेष्ठ २५ गते शनिबार सम्पन्न हुने उक्त अवार्ड तथा सम्मान कार्यक्रम दार्जिलिङ्, काठमाडौँ र पोखराका कलाकारहरुको साङ्गीतिक प्रस्तुति सहित सम्पन्न हुने जनाइएको छ ।



Comments

Popular posts from this blog

यो केटोत कलाकार हुन्छ की के हो

गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ्यो रे यो केटोत कलाकार हुन्छ की के हो !! आमा विष्णुमाया र बुवा विष्णुहरी कार्कीको कान्छो सुपुत्रको रुपमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुञ्ज नगरपालीका चुचुले वडा नम्बर ४ मा वि.सं २०२२ साल माघ ६ गते  जन्म भएको हो चर्चित गायक आनन्द कार्कीको । जमिनदार हजुरबुबाभएका कारण आफ्नो घर परिवार त्यस समयको सम्पन्न परिवारमानै परिचित थियो । तर हजुरबुवाले पहिलो श्रीमती बितेपछि गरेको अर्को अन्तरजातीय विवाहबाट जन्मिनुभएको रे आनन्द कार्कीका बुवा । बुवा विष्णुबहादुर कार्कीका पनि पहिलो र दोस्रो श्रीमती बितेपछि तेस्रो श्रीमतीको रुपमा रहेकी कार्कीकी आमा विष्णुमाया का सात जना सन्तानहरुमध्येमा ३ दाजुभाई र ४ दिदीबहिनी मध्येमा एक जना बितेपछि जम्मा ८ जनाको परिवार थियो आनन्द कार्कीको घरमा । गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ...

जब म ठुलीहुँदै गए तब मलाई नाच्न अलि लाज लाग्न थाल्यो - चर्चित गायिका प्राश्ना शाख्य

नेपालको पूर्वी तराई जिल्ला धरानमा जन्मिए पनि हाल काठमाडौंलाई कर्मथलो बनाएर आफ्नो जीवनलाई संगीत क्षेत्रमा समर्पित गर्दै आएकी चर्चित गायिका  हुन् प्राश्ना शाख्य । मलाई बच्चा बेलामा एकदमै नाच्न मन लाग्थ्यो र नाचेर विदेश सम्मको यात्रामा पनि गएकी थिए, तर जब म ठुलीहुँदै गए तब मलाई नाच्न अलि लाज लाग्न थाल्यो र म गीत गाउन तिर धेरैनै अग्रसर बनेर रहन थाले । हो उनी चर्चित गायिका प्रश्ना शाख्य हामीले उनलाई भेटेर कसरी संगीतलाई रोज्नुभयो भनेर सोध्दा उनले यस्तै कुरा बताईन् । घरकी जेठीको रुपमा बैशाख १४ गते जन्मीइन् प्रश्ना तर सानै उमेरमा आफ्नु बुबा आमाबाट टाढा भएर हजुरबुबा हजुरआमाको प्यारी बनेर उहाँहरुकै छत्र छायाँमा आफ्नो बाल्यकाललाई व्यतित गरिन् उनले । बुबा विनोद शाख्य र आमा सुमित्रा शाख्य अनि बहिनी म्यारी र भाई प्रज्वल शाख्य गरी पाँच जना सदस्य भएको मध्यमवर्गीय परिवार र सुखी परिवार भनेर आफ्नो परिवारलाई चिनाउन चाहन्छिन् उनी । सानै उमेरमा आफ्नो परिवारमा छोरी नभएकाले र आफु पहिलो छोरी भएकाले बुबा आमाबाट टाढा रहेर उनी हजुरबुवा हजुरबुवासँग बस्दै आईन् र उनलाई आमा बुवाको भन्दा धेरै याद आफ्नो ...

"नेपाली हामी रहौला कहाँ नेपालै" नरहे राष्ट्रकवि माधवप्रसाद घिमीरे -हार्दिक श्रद्धाञ्जली!!

  👉 साहित्य नेपाली साहित्यका क्षेत्रमा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार माधवप्रसाद घिमीरेको शब्दहरु: तराई हाम्रो सुनको टुक्रा, हिमाल हिराको माटो र पानी पहेलो घाँम धर्तीका छोराको ए कहाँबाट संसार हेर्छौ संम्झनै नरहे । नेपाली हामी रहौला कहाँ नेपालै नरहे वि.सं. १९७६ साल असोज ७ गते लमजुङ् जिल्लाको पुस्तुन गाँउमा जन्मिएका हुन् नेपाली साहित्यकार माधवप्रसाद घिमीरे ।   आफू जन्मिएर तीन वर्षको हुदाँ उनले आफ्नी आमालाई गुमाउनुपरेपनि उनी सानै उमेरबाटनै लेखन क्षेत्रमा रुची रहेकाले निरन्तर रुपमा बच्चा बेलादेखिनै उनी नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्ध जस्ता अनेकौं विधा –उपविधाहरुमा निरन्तर कलम चलाउने गर्थे । कलिलै उमेरमा आमाको मायाबाट टुहुरो बन्नु परेकाले उनले आफ्नो आमाको स्नेहको रुपमानै साहित्यलाई रोज्न पुगे । आफू ६ वर्षको उमेर हुदाँ अक्षर चिनेका उनले ८ देखी ९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे भने ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत ...