गायक तथा संगीतकार डेनी निरौला सम्मानीत ✍ सिर्जना गुरागाँई अनुपम म्युजिक पोखराले अनुपम म्युजिक अवार्ड २०७६ को आयोजनामा अनुपम सङ्गीत सम्मान ईलामे गायक तथा संगीतकार डेनी निरौलालाई प्रदान गर्ने भएको छ । आफ्नो संगीतमा ३ सय भन्दा बढी गीत रेकर्ड गराएर नेपाली संगीतका क्षेत्रमा अतुलनीय योगदान पुर्याउदै आएका निरौलालाई उक्त सम्मान प्रदान गरिने भएको हो । आगामी जेष्ठ २५ गते शनिबार सम्पन्न हुने उक्त अवार्ड तथा सम्मान कार्यक्रम दार्जिलिङ्, काठमाडौँ र पोखराका कलाकारहरुको साङ्गीतिक प्रस्तुति सहित सम्पन्न हुने जनाइएको छ ।