Skip to main content

"सफल गायिका बन्न पुग्नुमा त्यसको प्रमुख श्र्रेय बुबाबाट पाएको प्रोत्साहननै एक प्रमुख कारण हो " गायिका रजिना रिमाल


उनको बाल्यकाल काठमाडौंमा बित्यो र उनले आफ्नो घर नजिकको स्कूलमा कक्षा १ सम्म अध्ययन गरिन्   

✍ सिर्जना गुरागाँई                                                                           


आमा पद्मीनी रिमाल र बुबा रविन रिमालको माहिली छोरीको रुपमा वि.स. २०४९ साल असार ४ गते काठमाडौं डिल्लीबजार कालिकास्थानमा जन्मिएकी हुन् चर्चित आधुनीक गायिका रजिना रिमाल । सानै उमेरदेखिनै परिवारमा सांगीतिक माहोल आफ्नै बुबा रविन रिमाल पनि संगीत क्षेत्रमा आबद्ध रहेका व्यक्ति हुनाले रजिना पनि संगीतिक क्षेत्रबाट अछुतो रहन सकिनन् । उनलाई संगीतले छोईहाल्यो । उनको बाल्यकाल काठमाडौंमा बित्यो र उनले आफ्नो घर नजिकको स्कूलमा कक्षा १ सम्म अध्ययन गरिन् । उनले आउँदो दुई वर्ष ग्यालक्सी पब्लिक स्कूलमा अध्ययन गरीन् र सुर्योदय बोर्डिङ स्कूल कक्षा छ बाट भर्ना भईन् यस स्कूलमा पढ्ने बच्चाले सानै उमेरमा उनको मीठो र मधुर आवाजले तुरुन्त सबैको मनमा बाँस बस्न सफल हुदै गइन् उनी । 

बाल्यकालमा एकदमै लजालु र शान्त स्वभावकी रजिनाले कहिले पनि बदमास बच्चाको उपनाममा पिटाई खानुनपरेको कुराकानीको क्रममा उनी भन्ने गर्छिन् । अनि अर्को कु्रा पनि अहिलेसम्मको उनको सबैभन्दा खराब क्षण त्यो समय थियो जब उनले पहिलो पटक स्टेजमा गीत गाउनुप¥यो । उनले माइकलाई उनको नाकमा हिर्काइन् रे र उनको नाकमा रगत बग्न थाल्यो । त्यतिबेला उनी स्टेजमा प्रदर्शन गर्नुको सट्टा, आफ्नो खूनी नाकको साथ त्यहाँ उभिइरहिन् तर भिडले उनलाई हेरिरहेको थियो । सानैउमेर देखि परिवारमा सांगीतिक माहोल आफ्नो बुबा रविन र ठुलोबुबा राजनकुमार रिमाल दुबैजना संगीतप्रेमी र संगीतमा आबद्ध भएकाले बच्चा बेलादेखिनै सुनेर आएको संगीतको त्यो सुमधुर धुनमा भिजेर बुबा ठुल्बाबाले गाउँ छोरी भनेर दिएको निर्देशनमा गीत गाउँन थालेकी रजिनालाई आफूले गीत गाउँन सक्दिनकी भन्ने महसुस कहिल्यै भएन रे उनी भन्छिन् म गाउँनकै लागि जन्मिएकी हुँ र गीतले जति खुसी मलाई केहि कुराले पनि दिदैन भन्ने गर्छिन् उनी । 

हुनत परिवारमा बुबा बैकमा जागिरे र काठमाडांैको बसोबास भएर पनि संगीत क्षेत्रका लागि रजिनाले आर्थिक क्षेत्रका साथै अन्य सुविधाका दृष्टिले त्यति धेरै समस्याहरुको पन्जामा त पर्नुपरेन । उनी भन्ने गर्छिन् परिवारमा सबैको सपोर्ट पाएर पनि मलाई कहिल्यै पनि त्यति धेरै संघर्ष गरेको महसुस त भएन जत्ति गरे आफ्नो मेहनतमा मात्र गरे । 

सानै उमेरबाटनै गीत गाउन धेरै रुचि थियो रजिनाको तर उनले आफ्नो पढाईलाई पनि कहिल्यै पछि पारिनन् उनले प्लस टु ट्रीनिटि इन्टरनेशनल कलेजबाट उर्तिण गरिन् त्यस्तै ब्याचलर गोल्डेनगेट बाट र मास्टर्स सन्वे इन्टरनेशनल कलेजबाट उर्तिण गरेकी छिन् । गीत गाउनै जन्मेकी र गीत बाहेक आफूलाई केहि नभए पनि बाँच्न सक्छु भन्ने सोचाई राख्ने रजिनाको गीत गाउने शिलशीलामा पोखरामा पुगेको बेलामा विनोद श्रेष्ठसँग भेट हुन पुग्यो र रजिनाको आवाजको एकदमै ठुलो फ्यान बनेका विनोद श्रेष्ठसँग तिनवर्षसम्मको प्रेम सम्बन्धपछि वि.सं २०७२ बैशाख १७ गते विवाह बन्धनमा बाधिन पुगीन् ।  उनी भन्ने गर्छिन् मलाई सांगीतिक क्षेत्रमा परिवारले गरेको सर्पोट देख्दा आफूलाई संसारकै भाग्यमानी महशुस गर्छु । 

यति धेरै उनको संगीतको क्षेत्रमा रुचि छ किनभने उनको बुबा र उनको ठुलोबुबा जो संगीतको क्षेत्रमा संलग्न छन् । उनी एक सफल गायिका बन्न पुग्नुमा त्यसको प्रमुख श्र्रेय बुबाबाट पाएको प्रोत्साहननै एक प्रमुख कारण हो । उनले ४ बर्षको उमेरमा गीत गाउन थाल्छिन् र त्यसबेलादेखि उनले स्टेजमा प्रदर्शन गरिरहेकी छिन् । उनको स्टेजमा प्रदर्शन गर्ने असंख्य अवसरहरू छन् र उनले धेरै पुरस्कार पनि जितिन् । उनको गायन क्यारियर बाह्र वर्षको उमेरमा शुरू भयो जब उनले संगीतकार सम्राट थापाले प्रस्ताव गरेको पहिलो गीत “ बसन्त को “ रेकर्ड गरिन् । गीत उनीहरुको आफ्नै स्टुडियो सिने ध्वनिमा रेकर्ड गरियो जुन आजकल उत्पत्ति भनेर चिनिन्छ । जे होस् यो मूल रूपमा उनको प्रदर्शनको परीक्षणको लागि रेकर्ड गरिएको थियो, सबैले मन पराए र एल्बमहरू बनाउने बारेमा कुराकानी शुरू भयो । उनले  दुईवर्षसम्मको लामो मेहनतपछिको परिणाम स्वरुप आफ्नो पहिलो एल्बम “ परी “ नेपाली सांगीतिक क्षेत्रमा भिञ्याइन् । जसमा आलोक श्रीद्धारा निर्देशित गीतका बोलहरू अरुण तिवारीले लेखेका छन् र संगीत संकलन राजु सिंहले गरेका थिए । एल्बमका गीतहरू पूर्वी र पश्चिमी बान्कीका छन् ।

मित्रवत व्यक्ति सबैलाई समान व्यवहार गर्न मन पराउने रजिना कसैलाई चोट पुर्याउन चाहदिनन् । उनको नराम्रो बानी चै उनी अलि ठूलो स्वरले कुरा गर्ने र अल्छी हुने बानी जुन उनीबाट छुटकारा पाउन चाहन्थे । रिमाल विगत केही वर्षदेखि संगीता राणाको निर्देशनमा क्लासिकल बेसको कक्षा लिइरहेकी छन् र उनले “ सपुत“ र “मिस्टर जस्ता केही नेपाली चलचित्रहरूमा पार्श्व गायकको रूपमा गाउने अवसर पाएकी छिन् । साथै, उनले फिल्महरूका केही गीतहरूले उनीहरूलाई लोकप्रिय र सुपरहिट बनाउँदै दर्शकहरूको मन जित्न सफल भए । एक प्रख्यात गायक हुनको लागि प्रतिभाशाली व्यक्ति रजिनाको साच्चैनै सबैको नजरमा शान्त सरल र उदाहरणीय व्यक्तित्तव बन्न सफल भएकी छिन् । 


Comments

Post a Comment

Popular posts from this blog

यो केटोत कलाकार हुन्छ की के हो

गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ्यो रे यो केटोत कलाकार हुन्छ की के हो !! आमा विष्णुमाया र बुवा विष्णुहरी कार्कीको कान्छो सुपुत्रको रुपमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुञ्ज नगरपालीका चुचुले वडा नम्बर ४ मा वि.सं २०२२ साल माघ ६ गते  जन्म भएको हो चर्चित गायक आनन्द कार्कीको । जमिनदार हजुरबुबाभएका कारण आफ्नो घर परिवार त्यस समयको सम्पन्न परिवारमानै परिचित थियो । तर हजुरबुवाले पहिलो श्रीमती बितेपछि गरेको अर्को अन्तरजातीय विवाहबाट जन्मिनुभएको रे आनन्द कार्कीका बुवा । बुवा विष्णुबहादुर कार्कीका पनि पहिलो र दोस्रो श्रीमती बितेपछि तेस्रो श्रीमतीको रुपमा रहेकी कार्कीकी आमा विष्णुमाया का सात जना सन्तानहरुमध्येमा ३ दाजुभाई र ४ दिदीबहिनी मध्येमा एक जना बितेपछि जम्मा ८ जनाको परिवार थियो आनन्द कार्कीको घरमा । गाउँले जीवन जमिनदारको नाती अरु बच्चाहरुभन्दा अलि फरक स्वभाव शान्त भलाद्मी नाच्न गाउँन भनेपछि खुसी हुने स्वभाव भएकालेनै उनका हजुरबुवाले बुवासँग भन्ने गर्नुहुन्थ...

‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’

लेखक, इतिहास तथा संस्कृतिविद्  सताब्दीपुरुष सत्यमोहन जोशीको  ‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’ 

Variable Declaration & Initialization in C Programming Language

✍ Nirajan Guragain This is the first time i am writing the C program. And in the following simple program i want to describe the variable declaration and initialization. In short Variable: Generally, Variable is value changed during the execution of the time. But in the C program it is a named data storage location in your computer's memory.  Variable Declaration: Variable Declaration is the linking the program with the data type and name that should be easily identified file name, block code to the compiler. Initialization: Set the value at the time of calculation is called initialization. Example: