Skip to main content

Posts

Showing posts from August, 2019

"सफल गायिका बन्न पुग्नुमा त्यसको प्रमुख श्र्रेय बुबाबाट पाएको प्रोत्साहननै एक प्रमुख कारण हो " गायिका रजिना रिमाल

उनको बाल्यकाल काठमाडौंमा बित्यो र उनले आफ्नो घर नजिकको स्कूलमा कक्षा १ सम्म अध्ययन गरिन्      ✍  सिर्जना गुरागाँई                                                                             आमा पद्मीनी रिमाल र बुबा रविन रिमालको माहिली छोरीको रुपमा वि.स. २०४९ साल असार ४ गते काठमाडौं डिल्लीबजार कालिकास्थानमा जन्मिएकी हुन् चर्चित आधुनीक गायिका रजिना रिमाल । सानै उमेरदेखिनै परिवारमा सांगीतिक माहोल आफ्नै बुबा रविन रिमाल पनि संगीत क्षेत्रमा आबद्ध रहेका व्यक्ति हुनाले रजिना पनि संगीतिक क्षेत्रबाट अछुतो रहन सकिनन् । उनलाई संगीतले छोईहाल्यो । उनको बाल्यकाल काठमाडौंमा बित्यो र उनले आफ्नो घर नजिकको स्कूलमा कक्षा १ सम्म अध्ययन गरिन् । उनले आउँदो दुई वर्ष ग्यालक्सी पब्लिक स्कूलमा अध्ययन गरीन् र सुर्योदय बोर्डिङ स्कूल कक्षा छ बाट भर्ना भईन् यस स्कूलमा पढ्ने बच्चाले सानै उमेरमा उनको मीठो र मधुर आवाजले तुरुन्त सबैको मनमा बाँस बस्न सफल हुदै गइन् उनी ।  बाल्यकालमा एकदमै लजालु र शान्त स्वभावकी रजिनाले कहिले पनि बदमास बच्चाको उपनाममा पिटाई खानुनपरेको कुराकानीको क्रममा उनी भ